इलाम : इलाम नगरपालिकाले सरकारी अस्पताललाई वेवास्ता गर्दे निजी अस्पतालमा उपचारका लागि जान नगरबासीलाई आग्रह गरेको छ ।
नगरपालिकाको सिफारीस पत्र लिएर उपचारका लागि झापाको वि एण्ड सी अस्पतालमा जाँदा ३० प्रतिशत छुटको व्यवस्था भएको भन्दै विएण्डसी अस्पताल जान आग्रह गरेको हो ।
नगर प्रमुख केदार थापाले हस्ताक्षर गरेको छुट सुविधा सम्बन्धी पत्रमा नगरका वडाकार्यलयको सिफारिस लिएर विएण्डस्ीमा उपचार गर्न जाँदा प्रचलित दर भन्दा तिस प्रतिशत छुट हुने भन्दै सस्तोका नाममा जनतालाई निजी अस्पताल जान प्रोत्साहन गरेको हो ।
उपचारका लागि सरकारी अस्पताल छोडेर महङ्गो अस्पतालका रुपमा परिचित विएण्डसीमा इलाम नगरपालिकाले नगरवासीलाई छुटको आशा देखाउँदै उपचारका लागि आग्रह गर्नुले स्थानीय सरकार सरकारी भन्दा पनि निजीलाई प्रोत्साहनमा लागेको देखिएको छ । यो निर्न्णय गरेपछि नगरपालिकाको सर्बत्र आलोचना भइरहेको छ ।