जसपा नेपाल लिम्बुवान राष्ट्रिय समिति एक ढिक्का रहेको संस्थापन पक्षको दावी

  नयाँ बुलन्द
560 Shares

इलाम : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजनसँगै त्यसको असर विभिन्न समितिमा देखिन थालेको छ ।

जनता समाजवादी पार्टी नेपालबाट अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी र डा. महेन्द्र लावतीको नेतृत्वमा पहिचानवादी मोर्चा गठन भएसँगै कमिटि, नेता र कार्यकर्ता तानातान सुरु भएको छ ।

यसै सन्दर्भमा तत्कालिन जसपा नेपाल लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष डम्बर लावती (जेन्टल) ले सिङ्गो राष्ट्रिय समिति पहिचानवादी मोर्चामा समाहित भएको प्रचार झुटो रहेको संस्थापन पक्षले दावी गरेको छ ।

पछिल्लो केही घटनाहरुको गलत सूचना, उक्सावट र भ्रममा परी फरक पार्टी वा मोर्चामा प्रवेश गरेको, समाहित भएको जस्तो भ्रमक सूचना प्रवाह भएकोमा यस्ता समाचार र सूचनाहरुमा कुनै सत्यता नरहेको जनाएको छ ।

जसपा नेपाल लिम्बुवान राष्ट्रिय समिति उपाध्यक्ष सञ्जय राईले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै लिम्बुवान राष्ट्रिय समिति एक ढिक्का रहेको दावी गरेका छन् । उनले पार्टी छाडेर अन्य पार्टीमा गएकाहरुलाई समेत मूल बाटोमा फर्कन अपिल गरेका छन् ।

‘मिति २०८० मंसिर ९ गते पाँचथरमा भएको लिम्बुवान राष्ट्रिय समितिको पुनर्गठनबाट निर्वाचित लिम्बुवान राष्ट्रिय समिति यथावत रहेको र केहि नेता कार्यकर्ताहरु मुलधारको बाटो छोडी अन्य पार्टीहरुमा गएकोमा उहाँहरुलाई मुल बाटोमा फर्कन र पार्टीका आम नेता, कार्यकर्ता शुभचिन्तक, शुभेच्छुकहरुमा लिम्बुवान राष्ट्रिय समिती एक ढिक्का भएर यथावत रहेको र पार्टीको मुलधार रहन समेत सबैमा यसै विज्ञप्ती मार्फत अपिल गर्दछौ’ विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार