इलाम : इलामको माङसेबुङ गाउँपालिका २ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम जेठ ९ गते बुधबार हुने भएको छ । वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा वडा सम्पर्क कार्यालय चित्रेको प्राङ्गणमा कार्यक्रम हुनेछ ।
जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्न लागेको हो ।
माङसेबुङ गाउँपालिका २ नं. वडा कार्यालयको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा सार्वजनिक सुनुवाई संचालन हुनेछ ।
कार्यक्रममा वडाबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा भएका प्रगति प्रस्तुत हुनेछ ।
त्यस्तै बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका तर्फबाट ३० जना नागरिकसँग सार्वजनिक सेवा प्रदायक संस्थाबाट सेवा लिँदा प्रत्यक्ष अनुभव गरेका, भोगेका र देखेका कुराहरुलाई उल्लेख गरी लिएको नागरिक अभिमत प्रतिवेदन पत्रको नतिजा प्रस्तुत गर्नेछ ।
त्यस्तै नागरिक बडापत्रद्वारा गरिएका बाचा बमोजिम ३० जना सेवाग्राहीले सेवा सुविधाको प्राप्तिपछि कार्यालयबाट बाहिर निस्किने समयमा त्यहाँको सेवा सुविधाको विषयमा लिएको बहिर्गमन अभिमत प्रस्तुत गर्नेछ ।
नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु र बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु समेत प्रस्तुत हुनेछ ।
त्यस्तै कार्यक्रममा सेवाग्राहीहरुले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राख्नेछन् । वडा कार्यालयको तर्फबाट वडाअध्यक्ष कृष्णबहादुर बस्नेत, वडा सचिव हेमसागर घिमिरेलगायत जनप्रतिनिधि र कर्मचारीहरुले सेवाग्राहीको प्रश्नको जवाफ दिनुका साथै आगामी दिनमा सेवाप्रवाहलाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता जनाउनेछन् ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकमको अफिसियल फेसबुक पेज https://www.facebook.com/nayabulanda/ बाट हुनेछ ।
सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रक्रियामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।
‘आन्तरिक सुशासन प्रवद्र्धनका लागि सार्वजनिक सुनुवाइ’
सार्वजनिक पद र अधिकार धारण गरेका कर्तव्यपालक र सेवाग्राहीबीच सार्वजनिक रूपमा हुने प्रत्यक्ष अन्तरक्रिया सार्वजनिक सुनुवाइ हो । सार्वजनिक सुनुवाइ जनताको अदालत हो, जसले सुशासनको मान्यतालाई अंगिकार गरेको हुन्छ । यसमा प्रश्नोत्तर विधिबाट अधिकारवाला र सेवाग्राहीबीच सेवाप्रवाहका समस्या तथा जनसन्तुष्टिको स्थितिबारे समीक्षा गरी मूल्यांकन, सुझाब र पृष्ठपोषण प्रदान गरिन्छ ।
नियमित र खुला अर्न्तक्रियायाका माध्यमबाट सेवाग्राहीलाई सन्तुष्टि प्रदान गरी विश्वासको वातावरण कायम गर्नु यसको प्रमुख उद्देश्य हो ।
यसबाट सेवाग्राहीका गुनासा सेवाप्रदायकले सुनेर पुनः नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्छन् ।
सेवा प्रभावकारितामा सार्वजनिक सुनुवाइको महत्व
- सार्वजनिक प्रशासनमा जवाफदेहिता र पारदर्शिता प्रवद्र्धन गर्न,
- सार्वजनिक पदाधिकारीको स्वेच्छाचारिता नियन्त्रण गर्न,
- सेवा वितरणमा जनगुनासो आउन नदिन र सेवाग्राहीलाई केन्द्रबिन्दुमा राख्न,
- सेवा–प्रदायकबाट प्रदान गरिने सेवाबारे जनगुनासो सुन्न र त्यसको यथोचित समाधान गर्न,
- शासन प्रक्रियामा सहभागिता अभिवृद्धि गर्न,
- विगतका गल्ती, कमजोरीको समीक्षा गरी
- पुनः दोहोरिन नदिन,
- सेवाग्राही र सेवा–प्रदायकबीच विश्वासको वातावरण सिर्जना गर्न,
- सेवा–प्रवाहमा जनसहभागिता र नागरिक चासो बढाउन,
- बढ्दै गइरहेको भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्न,
- सेवा–प्रदायक निकायलाई आफ्नो काम–कारबाहीबारे सचेत र जवाफदेही बनाउन,
- नियमित र खुला अन्तरक्रियाबाट नागरिकको सूचनाको हकको प्रवद्र्धन गर्न,
- गुनासो सुनुवाइ तथा समस्याको समाधानबाट जनसन्तुष्टि कायम गर्न,
- सार्वजनिक निकायका गतिविधिमा न्यायपूर्ण सहभागिता कायम गरी सुशासनको स्थापनामा टेवा पु¥याउन,
- सार्वजनिक निकायका कार्यको अनुगमन रमूल्यांकन गर्न,
- सचेत सेवाग्राही र कर्तव्यनिष्ठ सेवा–प्रदायककोविकास गर्न,
- आर्थिक र सामाजिक विकासलाई गतिशील बनाउँदै समृद्ध राष्ट्र निर्माणमा टेवा पु-याउन