पार्टीलाई सिद्ध्याउने षडयन्त्र भइरहेको छः रवि लामिछाने

  नयाँ बुलन्द
77 Shares


इलाम :
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आफ्ना पार्टीलाई सिद्धाउने षडयन्त्र भइरहेको बताएका छन्।

शनिबार इलामको फाकफोकथुममा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै लामिछानेले बर्षौदेखि सत्तामा बसिरहेका मान्छेले नयाँ मान्छे आएको चित्त नबुझाएको भन्दै रास्वपालाई सिद्धाउने षडयन्त्र भइरहेको बताएका हुन्। उनले रास्वपालाई सिद्ध्याउने षडयन्त्र भएपनि जनताले उठाएको शक्तिलाई सक्काउने ताकत कसैसँग नरहेको धारणा राखे।

लामिछानेले देशलाई सुशासनको बाटोतर्फ बढाउन रास्वपालाई थप शक्तिको आवश्यक रहेको बताए। चुनावका बेला गल्ती गर्ने र पछि पछुताउनुपर्ने अवस्था आउन नदिन मतदाताले विवेकी निर्णय गर्नुपर्ने उनले बताए।

उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले मौन अवधिमा हुने आचारसंहिताका गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन समेत दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार