आजदेखि इलाममा मदिरा बिक्री–वितरण गर्न नपाइने

  नयाँ बुलन्द
56 Shares

इलाम : आजदेखि इलाममा मदिरा बिक्री–वितरणमा रोक लगाइएको छ ।

इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई लक्षित गरी आजदेखि मदिरा बिक्री वितरणमा प्रतिबन्ध गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय इलामले  वैशाख २ गते आजदेखि वैशाख १५ पछिको मतगणना नसकुञ्जेलसम्म मदिरा बिक्री–वितरणमा प्रतिबन्ध लगाएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

निर्वाचनपूर्व, निर्वाचन र निर्वाचनपछिको समयमा शान्ति–सुरक्षामा असर पर्ने भन्दै मदिराजन्य पदार्थ बिक्री–वितरण एवं सेवन गर्न रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै यदि मदिरा प्रयोग एवं बिक्री वितरण गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने बताइएको छ ।

शान्ति सुरक्षालाई मध्यनजर गरेर गरिएको यस कार्यलाई सहयोग गर्न जिल्ला प्रशासन कार्यालय इलामले सम्पूर्णमा आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार