भोलिदेखि इलाममा मदिरा बिक्री वितरण तथा सेवनमा रोक

  नयाँ बुलन्द
49 Shares

इलाम : इलाममा मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय इलामले आउँदो वैशाख १५ गते इलाम-२ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनलाई मध्यनजर गर्दै  मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालयले आज (शुक्रबार) विज्ञप्ति सार्वजनिक गर्दै २०८१ वैशाख २ गतेदेखि मतगणना सम्पन्न नभएसम्मका लागि लागू हुने गरी जिल्लामा मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा रोक लगाएको जनाएको छ ।

मदिराजन्य पदार्थ सेवन गरी झैझगडा, हुलहुज्जतलगायत अन्य अवाञ्छित गतिविधि गरी शान्ति सुव्यवस्थामा खलल् पार्न सक्ने सम्भावना देखिएकाले थप प्रभावकारी बनाउन वैशाख २ गतेदेखि १५ गतेसम्म निर्वाचन सम्पन्न भई मतगणना सम्पन्न नभएसम्मका लागि जिल्लामा मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवन नगर्न प्रशासनले अनुरोध गरेको छ ।

विज्ञप्तिमा विपरितका कार्य गरेको पाइएमा कानुन बमोजिम कारवाही गरिने समेत सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार