इलाम : वैशाख १५ मा हुुने उप निर्वाचनकालागि इलाम क्षेत्र नं. २ मा हालसम्म ११ जनाले मनोनयनदर्ता गराएका छन् ।
नेकपा एमालेको तर्फवाट स्वर्गिय सुुवास नेम्वाङका छोरा सुुहाङ नेम्वाङ, नेपाली काँग्रेसका जिल्ला सभापति डम्वरवहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीवाट मिलन लिम्वुु, नेकपा एसवाट जितवहादुुर राई, जनमत पार्टी प्रेमदिप लिम्वुु, नेमकिपावाट श्यामवहादुर दर्जी, मंगोल नेशनल अर्गनाइजेशनवाट मणि वहादुुर लिम्वुु, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मि गुुरुङले मनोयन दर्ता गराए ।
त्यस्तै डकेन्द्र सिंह थेगिम, डाकप्रसाद गौतम, अर्जुन विक्रम शाही, मनोज निरौलाले स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएका छन् ।
यस क्षेत्रवाट निर्वाचित एमाले सांसद सुुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उप निर्वाचन हुन लागेको हो ।