तस्करी र राजश्व चुहावट नियन्त्रणमा निर्मम छौंः गृहमन्त्री

  नयाँ बुलन्द
42 Shares

इलाम : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तस्करी नियन्त्रण र राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालय निर्मम भएको बताएका छन्।

शनिबार इलाममा आयोजित उपप्रधान तथा गृहमन्त्री लामिछाने र जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र स्थानीय समाजसेवीहरुको अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै उनले यस्तो बताएका हुन्। सीमा वा विमानस्थलमा जहाँ भएपनि तस्करी नियन्त्रण, राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालयले निर्मम भएर काम गरिरहेको उनको दाबी थियो।

‘यी कुरामा निर्मम ढंगले हामीले काम गर्नुपर्छ। काम गर्दै जाँदा शतप्रतिशत सही गराउन गाह्रै हुन्छ। चाहे बोर्डरमा होस्, एयरपोर्टमा होस् जहाँ पनि होस्, तस्करी नियन्त्रण, राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालय निर्मम छ। यो पद बहाल गरेदेखि नै मैले स्पष्ट भनेको छु। आम नागरिकको शान्ति सुरक्षा हाम्रो चासोको विषय हो।’ उनले भने।

उनले इलाममा लागु औषधको निकै ठूलो समस्या र चुनौती देखिएको बताउँदै यसको अध्ययन गरेर अघि बढ्नुपर्नेमा जोड दिए। स्थानीय र राष्ट्रिय चुनौतिहरुसँग जुध्नको लागि सबै प्रतिबद्ध हुन जरुरी रहेको उनकाे भनाइ थियाे।

‘हामीले आफ्नो राजनीतिको भविष्यको प्रवाह नगरी सिंगो देशको भविष्यको ध्यान राखेर काम गर्ने प्रतिवद्धताका साथ आएका हौँ।’ उनले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार