माईखोलामा डुबेर एक जनाको ज्यान गयो

  नयाँ बुलन्द
1k Shares

इलाम : शुक्रबार इलामको माईनगरपालिका-२ स्थित माईखोलामा डुबेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा झापाको शिवसतासी नगरापलिका-४ का २१ वर्षीय मुकेश ढकाल रहेको स्थानीय लोदिया प्रहरी चौकी दानाबारीका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक कैलासकुमार केसीले जानकारी दिए ।

पर्यटकीय क्षेत्र ‘हेप्पी ड्रिम्स चेप्टी’ घुम्न आउनुभएका ढकाल माईखोलामा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको केसीले जानकारी दिए । साथीहरुसँग छुटेर पौडी खेल्न जानुभएका ढकाल अपरान्ह १२ बजे माइखोलाको दहमा मृत भेटिएको प्रहरीले जनाएको छ । झापाबाट तीनवटा मोटरसाइकलमा आउनुभएका ढकालसहित उनका सानिमा, मामा र फुपुका छोराहरु चेप्टी घम्न आएका थिए ।

ढकालको शव प्रहरी र स्थानीयबासीको सहयोगमा दहबाट निकालेर पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ । भारतमा अध्ययनरत ढकाल केही दिनअघि मात्र विदामा घर आएका थिए । ढकालका बाबु रोजगारीका शिलशिलामा भारतमा र आमा दुबइमा रहेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार