उत्साहित हुँदै सुहाङले भने-इलामका जनताको भावना जित्छु

  नयाँ बुलन्द
182 Shares

इलाम : इलाम निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा नेकपा एमालेले आफूलाई उम्मेदवार बनाउने निर्णयले आफू उत्साहित भएको सुहाङ नेम्वाङले जनाएका छन् । सुहाङ एमाले नेता स्वर्गीय सुवास नेम्वाङका कान्छा छोरा हुन् ।

आइतबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सुहाङलाई वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टीको निर्णयपछि सुहाङले भने, ‘मलाई पार्टीले विश्वास गरेर उम्मेदवार बनाउने निर्णय गर्‍यो यसमा उत्साहित छु । उत्साहितसँगै जिम्मेवारी पनि थपिएको महसुस गरेको छ ।’

उनले आफू इलाम २ बाट उम्मेदवार बन्दै गर्दा नेकपा एमालेको तर्फबाट मात्रै नभएर सिङ्गो इलामका जनताकै भावना समेट्ने गरेर अगाडि बढ्ने पनि बताए ।

‘म सिङ्गो इलामका जनताको भावना समेट्नेगरी अघि बढ्ने प्रयास गर्छु’, उनले भने, ‘सवैजना मैदानमा उत्रँदा जित्छु भनेरै उत्रने हो । म पनि जनताको विकास र सम्मृद्धिका एजेण्डा बोकेर जनतामाझ जान्छु ।’

हाल काठमाडौँमा रहेका सुहाङ एकदुई दिनमा चुनावी क्षेत्रमा खटिने बताए ।

२०७९ को निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित भएका सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

-रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार