आगलागीमा एकै परिवारका तीन बालबालिकाको जलेर मृत्यु

  नयाँ बुलन्द
322 Shares

साँकेतिक तस्वीर

विराटनगरः भोजपुरको हतुवागढी ७ पिप्लेमा शनिबार आगलागी हुँदा एकाघरका तीन बालबालिकाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुँवर खापुङका अनुसार केदार कार्कीको गोठमा दिउँसो आगलागी हुँदा त्यहाँ खेलिरहेका एकै परिवारका ७ वर्षीया दिपशिखा कार्की, ५ वर्षीय प्रनिश कार्की र ३ वर्षीय दियुनिष कार्कीको जलेर मृत्यु भएको हो । मृतक बालबालिका केदार र उनका भाइ रमेशका छोराछोरी भएको खापुङले बताए ।

आगलागीको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैगरी शनिबार नै भोजपुरकै टक्सार बजारमा आगलागी हुँदा ७ घर र १० गोठ जलेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार