इलाम-२ उपनिर्वाचनमा उम्मेद्वारका लागि जसपाबाट तीन जनाको सिफारिस

इलाम : इलाम-२ मा आगामी वैसाख १५ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपाल इलामले तीन जनाको नाम सिफारिस गरेको छ ।

आइतबार बसेको जसपा जिल्ला समितिको बैठकले तीन जना सम्भावित उम्मेद्वारको नाम लिम्बुवान राष्ट्रिय समितिमार्फत प्रदेश नं. १ समितिमा सिफारिस गरी पठाएकफ हो ।

यसरी सिफारिस हुनेहरुमा जसपा नेपालका सल्लाहकार डा. महेन्द्र लावती, केन्द्रीय सदस्य लोक सागर साम्बा र जिल्ला उपाध्यक्ष यामप्रसाद लिम्बू रहेका छन् ।

लिम्बू यसअघि पनि सोही क्षेत्रबाट उम्मेद्वार थिए । उनले सात सय २० मत प्राप्त गरेका थिए ।

बैठकले प्रदेश १ मा सञ्चालन भईरहेको प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त संघर्ष समितिबाट सिफारिस उम्मेद्वार र समाजवादी मोर्चमार्फत सर्वसम्मत उम्मेद्वारको हकमा द्वार खुला राख्दै उम्मेद्वार सिफारिस भएको जसपा लिम्बुवान राष्ट्रिय समिति उपाध्यक्ष सञ्जय राईले जानकारी दिए ।

संयुक्त संघर्ष समितिले डेकन्द्रसिंह थेगिमलाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको भएपनि औपचारिक घोषणा गरेको छैन ।

उता नेकपा एमालेमा उम्मेद्वार बन्न स्व. सुवासचन्द्र नेम्बाङका छोरा सुहाङ नेम्बाङ, उपसचिव रविन्द्र सुवेदी, जिल्ला सदस्य डा. देवी क्षेत्री दुलाल, इलाम-२ क्षेत्रीय संयोजक बुद्धि खनाल, नेता नरेन्द्रनाथ भट्टराई र प्रदेश सदस्य रिपल राईले दावी गरेका छन् ।

नेपाली कांग्रेसबाट सभापति डम्बरबहादुर खड्का, महाधिवेशन प्रतिनिधि भेषराज आचार्ष, पूर्व सभापति केशव थापा र पूर्वसंविधानसभा सदस्य नगेन्द्र कुमालले दावी गर्दै आएका छन् । खड्का यसअघि एमालेका नेम्बाङसँग एक सय १४ मतले पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार