इलाम : इलाम क्षेत्र २ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बनाउन आग्रहसहित सुहाङ नेम्वाङले पार्टी कमिटीमा निवेदन दिएका छन् । पार्टीको इलाम जिल्ला कमिटीमा नेम्वाङले निवेदन दिएका हुन् ।
कार्यदलले चैत ३ गतेसम्म उम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्नेछ । उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकले फागुन २७ (आज)सम्म आफ्नो व्यक्तिगत विवरणसहित कार्यदलमा इच्छा जाहेर गर्ने पार्टीले समय दिएको थियो ।
एमाले नेता नेता सुवास नेम्वाङको निधन भएकोले यहाँ उपनिर्वाचन हुन लागेको हो । सुहाङ स्वर्गीय सुवास नेम्वाङका छोरा समेत हुन् ।