६४ वटा (लिम्बू) थरगत संस्थाहरुको माङगेन्नायक सम्बन्धि ऐतिहासिक भेला, ६ बुँदे घोषणापत्र

  उपेन्द्र येक्तेन
399 Shares


पाँचथर : पाँचथरको याङवरक गाउपालिका,२ स्थित फलैचामा ६४ वटा (लिम्बू) थरगत सँस्थाहरुको माङगेन्ना यक सम्बन्धि ऐतिहासिक भेला तथा पुजा सम्पन्न भएको छ ।

६ बुँदे फलैचा घोषणा-पत्र ६४ वटा लिम्बू थरगत सँस्थाहरुको माङगेन्ना यक स्थल फलैचामा भेला तथा पुजा शनिबार सम्पन्न भएको हो ।

फलैचामा रहेको यस यकलाई वेघा, योङया, सेलिङ, माङमु, यक्पाङदेन लगायत ६४ वटा लिम्बू थरिहरुले माङगेन्ना यकको रुपमा मान्ने गर्दछन् ।

भेलाको उदघाटन समारोह याङवरक गाउपालिकाका अध्यक्ष भिमबहादुर (सुवास) योङयाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो । उद्घाटन समारोहमा प्रमुख अतिथी योङया, याङवरक, २ नम्बर वडाका वडाध्यक्ष देउकुमार योङया, ४ नम्बर वडाका वडाध्यक्ष सविन मावो, सिदिङवा गाउपालिका २ नम्बर वडा ताप्लेजुङका वडाध्यक्ष पुणर् माङमु, नेपाली काँग्रेसका प्रतिनिधि राजेन्द्र तिम्सिना, नेकपा एमालेका लक्ष्मि चिमोरिया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा माङगेन्ना यकको बारेमा मुन्धुमविद महेन्द्र सेलिङले प्रकाश पार्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पालिका अध्यक्ष योङयाले पालिकाभित्र रहेको ऐतिहासिक स्थलहरुको संरक्षण, सम्वद्र्धनको लागि पालिका सधै लागिपर्ने बताए । उनले ६४ वटा लिम्बू थरीहरुले साँझा रुपमा मान्दै आएको माङगेन्ना यक स्थलको संरक्षणको लागि पालिकाकाले आगामि वजेटमा सम्बोधन गर्ने भनाई राखे ।

६ बुँदे फलैचा घोषणा-पत्र जारी

फलैचामा भेला भएका ६४ वटा (लिम्बू) थरगत सँस्थाहरुको भेलाले ६ बुँदे घोषणा-पत्र जारी गरेको छ ।

६४ वटा (लिम्बू) थरीहरु)ले मान्ने, (मान्दै) आएको माङगेन्ना यक सम्बन्धि ऐतिहासिक भेला तथा पुजाको भेलाबाट घोषणा-पत्र जारि गरिएको हो ।

याङवरक २ फलैचा, साविक फलैचा गाविस वडा नम्बर २ बखम्बेमा रहेको माङगेन्ना यकको प्रवर्धनका लागि कम्तीमा तीन वर्षमा एक पटक यक मान्ने थरीहरुको व्यापक भेला गरि पुजासहितको बृहत कार्यक्रम आयोजना गर्नेछ ।

यस्तै यक स्थलको संरक्षणको लागि यक स्थल आवतजावतामा सहजताका लागि यक स्थलको मौलिकतामा कुैनपनि असर नपर्ने गरि बाटोहरु निर्माण गर्ने, माङगेन्ना यक स्थलको अर्थ र महत्वलाई उजार गर्दै भावि पुस्तालाई समेत ज्ञान हस्तानतरण हुनेगरि याङवरक गाउपालिका गाउँकार्यपालिकाको कार्यालय थर्पु पाँचथरलाई स्थानिय पाठ्यक्रममा समावेश गर्न ज्ञापन-पत्र हस्तानतरण गर्ने लगायतका ६ बँुदे घोषणा-पत्र जारि गरिएको वेघा थोबोजुमका महासचिव मंगल वेघाले जानकारी दिए ।

माङगेना लुङ संरक्षण तथा प्रवर्द्धन समिति गठन

सोही भेलाले मचिन्द्र प्रसाद बेघाको अध्यक्षतामा माङगेना लुङ संरक्षण तथा प्रवर्द्धन समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा महेन्द्र सेलिङ, सचिवमा श्रवण कुमार योङया, सहसचिवमा मानप्रकाश नुगो र कोषाध्यक्षमा चन्द्रवीर माङमु चयन भएका छन् । सदस्यहरुमा सविन माबो, देउ कुमार योङहाङ, राजकुमार योक्पाङदेन चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार