महिला दिवसमा ६ जना महिला उद्यमीलाई सम्मान

इलाम : ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा इलाममा ६ जना महिला उद्यमीलाई सम्मान गरिएको छ ।

इलाम नगरपालिका नगर महिला समन्वय समिति, इलामद्वारा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा कल्पना ओली, उषा निरौला, दिपा आचार्य ढकाल, माया भट्राई, सिला कुमारी राई र मन कुमारी मुखिया रहेका छन् ।

उनीहरुले उद्यम क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको नगर महिला समन्वय समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार