साँस्कृतिक अभियान्ता आङदेम्बे सम्मानित

इलाम : साँस्कृतिक अभियान्ता एवम् किरात याक्थुङ चुम्लुङ इलामका सल्लाहकार बखतबहादुर आङ्देम्बे सम्मानित भएका छन् ।

विहीबार सुरु भएको याक्थुङ चुम्लुङ संघीय समितिको २५ औं राष्ट्रिय चुम्लुश्र तथा आदिवासी याक्थुङ/लिम्बू साँस्कृतिक महोत्सवको अवसरमा आङदेम्बे सम्मानित भएका हुन् ।

आङदेम्बेले याक्थुङ जातिको भाषा, लिपि, संस्कृति तथा परम्पराको संरक्षण, सम्बर्द्धन, विकास र पुरस्तान्तरणमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै किरात याक्थुङ चुम्लुङ इलामले सम्मान गरेको हो ।

आङदेम्बेलाई प्रदेश १ का पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बूले सम्मानपत्र प्रदान गरे ।

आङदेम्बेको योगदानलाई कदर गर्दै सम्मान गरिएको चुम्लुङ इलामकी अध्यक्ष सोङ्मीले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार