इलाम–२ उपनिर्वाचन : एमालेले कसलाई बनाउँदै छ उम्मेदवार ?

इलाम : इलाम क्षेत्र २ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार सिफारिसको तयारी गरेको छ ।

आज बसेको जिल्ला सचिवालय बैठकले यसका लागि एउटा कार्यदल बनाएको छ । उक्त कार्यदलले चैत ५ सम्ममा उम्मेदवार सिफारिस गर्ने पार्टीले जनाएको छ ।

बैठकले उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम छन् ।

कार्यदलले चैत ३ गतेसम्मउम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्नेछ । उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकले फागुन २७ सम्म आफ्नो व्यक्तिगत विवरणसहित कार्यदयमा इच्छा जाहेर गर्ने पार्टीले जनाएको छ ।

त्यसपछि चैत ३ सम्म कार्यदलले जिल्ला कमिटीमा उम्मेदवारको सूची पेस गर्नेछ भने जिल्ला कमिटीले चैत ५ गते केन्द्रमा उम्मेदवार सिफारिस गर्ने जनाइएको छ ।

उम्मेदवारका लागि एक महिलासहित तीन जनाको नाम जिल्ला कमिटीले केन्द्रमा सिफारिस गर्नुपर्ने भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार