मिलन लिम्बूद्वारा राजनीतिक दलको सदस्यता त्यागेको घोषणा

इलाम ।  आगामी बैशाख १५ गते इलाम संघीय निर्वाचन क्षेत्र नं. २ मा हुन लागेको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मिलन लिम्बूले राजनीतिक दलसँगको आबद्धताबाट पूर्ण रुपमा अलग भएको घोषणा गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै लिम्बूले राजनीतिक दलको सदस्यता त्यागेको घोषणा गरेका हुन् । इलामको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनका लागि लिम्बूले यस्तो घोषणा गरेका हुन् ।

“आम नेपालीजनको विकास, समृद्धि र परिवर्तनको चाहाना तथा अपेक्षालाई नेपालका राजनीतिक दलहरुले गरेको उपेक्षालाई मध्यनजर गर्दै आजैको मितिबाट राजनीतिक आबद्धताबाट पूर्ण रुपमा अलग भएको सम्पूर्ण न्यायप्रेमी समुदायमा जानकारी गराउन चाहान्छु” लिम्बूले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

साथै लिम्बूले राजनीतिक आबद्धताबाट अलग भए पनि इलाम र इलामेली आम नागरिकको दु:ख-सुखमा सँगै रहने प्रतिबद्धता समेत जनाएका छन् ।

यो भन्दा अगाडी लिम्बू नेकपा माओवादी केन्द्रसँग आबद्ध रहेका थिए ।

विज्ञप्ति

No description available.

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार