किरात याक्थुङ चुम्लुङ माईजोगमाई-३ र ४ को संयुक्त समिति

इलाम : इलामको माइजोगमाई गाउँपालिका-३ र ४ को संयुक्त वडा समिति गठन भएको छ । शनिबार भएको लिम्बूहरुको भेलाले दुई वडाको संयुक्त समिति गठन गरेको हो ।

नवगठित समितिको अध्यक्षमा अनित साँवा, उपाध्यक्षमा चन्द्रबहादुर नेम्बाङ, सचिवमा सोमबहादुर हुक्पा चोङबाङ, सहसचिवमा अजय सेम्बो र कोषाध्यक्षमा अप्सरा मादेन चयन भएका छन् ।

सदस्यहरुमा दिलमाया तुम्बाहाम्फे लिम्बू, सुजन खापुङ, भूपाल तुम्बाहाम्फे, सन्तोष फागो, लिला लिम्बू र कृष्ण सेम्बो चयन भएका छन् ।

कार्यक्रम तुलबहादुर चेम्जोङ (रविन) को प्रमुख आतिथ्यतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार