माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई सम्मानित

इलाम : इलामको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई सम्मानित भएका छन् ।

शनिबार इलामको माङसेबुङ गाउँपालिका-२ डोलटार खेलमैदानमा सुरु भएको १४ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनको अवसरमा गाउँपालिका अध्यक्ष राई सम्मानित भएका हुन् ।

उनलाई जिल्ला खेलकुद विकास समिति इलामले सम्मान गरेको हो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गाउँपालिकाको तर्फबाट व्यवस्थापन गरेर सहयोग गरेको भन्दै सम्मान गरिएको बाँस्तोलाले जानकारी दिए । अध्यक्ष राईलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको अध्यक्ष बाँस्तोलाले जानकारी दिए ।

यस्तैजिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई पनि सम्मानित भएका छन् ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनकै अवसरमा जिसस प्रमुख राई सम्मानित भएका हुन् ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न सबै पालिकासँग समन्वय गरेर सहयोग गरेको भन्दै जिसस प्रमुख राईलाई जिल्ला खेलकुद विकास समितिदोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए ।

प्रतियोगिता सोमबारसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार