राष्ट्रिय प्रजातन्त्र दिवस इलाममा पनि विभिन्न कार्यक्रम गरी मनाइँयो

  नयाँ बुलन्द
119 Shares

इलाम : आज राष्ट्रिय प्रजातन्त्र दिवस, इलाममा विभिन्न कार्यक्रम गरी याे दिवस मनाइँएकाे छ । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भइ देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै देशमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै  प्रजातन्त्र दिवस आयोजक समिति इलामको आयोजनामा इलाम सदरमुकामको ठूलो टुढिखेल बाट प्रभात फेरि सहित सदरमुकामको चोक बजारमा कोणसभाको आयोजना गरेर मनाईएकाे छ ।

कार्यक्रममा जिसस प्रमुख जय प्रकाश राई , इलाम नगर प्रमुख केदार थापा, प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादब ,सुरक्षा निकायका प्रमुख सहित बिभिन्न कार्यालयका प्रमुख एबम इलाम बासीको उपस्थिती रहेको थियो ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए ।

 

प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।

नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

जहाँनियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो ।

बिरामीलाई हर्लिक्स,दुध र बिस्कुट

यस्तै दिवसकै अवसर पारेर इलाम नगरपालिकाले इलाम अस्पतालमा रहेका बिरामीलाई हर्लिक्स,दुध र बिस्कुट बितरण गरेको छ ।

अस्पतालमा उपचाररत बिरामीलाई भेटेर नगरपालिका प्रमुख केदार थापा सहित जनप्रतिनिधिहरु,  प्रमुख जिल्ला अधिकारी र जिल्ला स्थित सुरक्षा निकायका प्रमुख हरुको उपस्तिथिमा २० जना बडी बिरामीलाई उक्त सामाग्री बितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार