विश्व सामाजिक मञ्चमा मानव अधिकार मञ्च नेपाल

काठमाडौं : काठमाडौँमा बिहीबारदखि नेपालमा विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन सुरु भएको छ । सम्मेलन अन्तरगत शुक्रबार मानवअधिकार मञ्च नेपालको आयोजनामा काठमाडौँस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा एक कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय तहमा आधारभूत र सीमान्तकृत समुदायको न्यायमा पहुँच प्रवर्धन सम्बन्धी छलफल कार्यक्रमका वक्ताहरुले स्थानीय न्याय सेवा प्रवाहलाई प्रकृयामुखि भन्दा पनि सर्वसाधारण जनताको पहुँचयोग्य र सरल बनाउनुपर्नेमा जोड दिएका छन् ।

मानव अधिकार मञ्च नेपालले सन् २००१ देखि हालसम्म गरेको मेलमिलाप र न्यायिक समितिको सवलीकरण सम्बन्धी कामको संस्थागत अनुभव, उपलब्धि, सिकाई र चुनौतीको विषयमा मञ्चका मनकुमार बराईलीले छलफलपत्र प्रस्तुत गरे ।

सो विषयमा मेलमिलाप अभियन्ता डा. कुमार शर्मा आचार्य, सो क्षेत्रका जानकार राजेश हमाल र सोम निरौला,  इलामको सन्दकपुर गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक हरि लुङ्गेली, सर्वोच्च अदालत मेलमिलाप परिषद्का इजलास अधिकृत चेतनाथ पन्तले बोले ।

यसैगरी धनकुटाका चेतन थाम्सुहाङ, पर्साका रमाकान्त पोखरेल, अछामका सुरज साउद, बझाङ्की दुर्गा नेपाली, इलामकी अम्बिका खनाल, मणिराम आचार्या, अधिकारकर्मी नीतु पोखरेल, डा. गिरी पन्थी लगायतले कार्यक्रममा आफ्नो धारणा राखे ।

कार्यक्रममा देशका ७ वटै प्रदेशका विभिन्न १७ जिल्लाका ४० जनाको सहभागीता रहेको थियो ।  कार्यक्रमको अध्यक्षता मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वाकर्माको रहेको थियो । कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यबारे मञ्चका भक्त थामी र सञ्चालन मञ्चकी गायत्री थेगिमले गर्नुभयो ।

विश्व सामाजिक मञ्चमा सहभागी हुन विश्वाका ९२ देशका २५२ संस्था सहभागी हुने र विभिन्न विषयमा ३६० वटा कार्यक्रममा विभिन्न विषयमा बहस छलफल हुने बताइएको छ । विश्व सामाजिक मञ्चको सुरुवात सन् २००० मा ब्राजिलबाट भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार