इलाम : इलामको फाकफोकथुम गाउँपालिकामा ज्ञानदिलदास साहित्यिक सम्मेलन हुने भएको छ । आगामी फागुन ११ र १२ गते गाँउपालिकाको केन्द्र आमचोकमा साहित्यिक सम्मेलन हुन लागेको हो ।
सम्मेलनमा सन्त कवि ज्ञानदिलदास अध्ययन ग्रन्थको विमोचन र ज्ञानदिल दासको सालिक अनावरण गर्ने कार्यक्रम रहेको गाँउपालिका अध्यक्ष दिपेन्द्र खनालले इलाम सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
दुई दिन सम्म चल्ने सम्मेलनमा नेपाल र भारतका साहित्यकार, जसमनी धर्मका अनुयायीहरुलाई सन्त ज्ञान दिलदासको जन्मस्थान, ध्यान गरेको ठाउँमा भ्रमण गराउनेका साथै ज्ञानदिलदासको जीवनी बारे छलफल पत्र र कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।