पत्रकार महासंघविरुद्ध कार्यक्रमस्थलमै खनिए पत्रकारहरू, विमोचन गर्न तयार पुस्तक खोसियो

  नयाँ बुलन्द
112 Shares

काठमाडौ : इतिहास लत्याइएको भन्दै नेपाल पत्रकार महासंघको कार्यक्रमस्थलमै पत्रकाहरू खनिएका छन्।

नेपाल आदिवासी पत्रकार संघ (फोनिज) को नेतृत्वमा नेपाल पर्यटन बोर्डको सभा हलमा पुगेका दर्जनौँ पत्रकारहरू महासंघविरुद्ध खनिएका हुन्।

फोनिजसम्बद्ध पत्रकारहरूले महासंघको प्रतिष्ठान प्रदेश समितिले प्रकाशित गरेको ‘अग्र अनुहार : कथा अग्रजको, गाथा महासंघको’ पुस्तकविरुद्ध पत्रकारहरू आन्दोलित भएका हुन्।

फोनिजका महासचिव मिलन लिम्बुले गलत इतिहास लेखेर विमोचन गर्न लागिएको पत्रकार महासंघको उक्त पुस्तक कार्यक्रमस्थलबाट खोसिएको बताए।

उनले पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको बताउँदै यदि उनलाई वर्तमान नेतृत्वले नस्वीकार्ने हो भने देशभर आन्दोलनको चेतावनी दिए।

‘इतिहास लत्याउँदै पुस्तक निकालियो। इतिहास सच्याउँदै जाने हो। सत्यनारायणबहादुर श्रेष्ठको विषय पत्रकार महासंघले टुंगो लगाउनुपर्छ, उहाँ महासंघको संस्थापक हो’, उनले भने, ‘कुनै व्यक्ति वा समूहको आधारमा हामी विरोधमा उत्रिएको होइन। कुनै जाति, आस्था र लिंगका आधारमा इतिहास नामेट पार्न खोजिए यो पुस्तक जलाउँछौँ।’

फोनिज नेतृत्वका पत्रकारको टोलीले सत्यनारयणबहादुर श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्, हाम्रो आन्दोलन जारी छ र पत्रकार महासंघको इतिहास सच्याउनै पर्छ जस्ता नारा लगाएका थिए।

खोसिएको पुस्तकको विमोचनप्रतिखोसिएको पुस्तकको विमोचनप्रति

लिम्बुले महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेकोमा कृष्णप्रसाद भट्टराईलाई बनाइएको भन्दै त्यसलाई नसच्याए कडा प्रतिरोध गरिने पनि बताए।

उक्त पुस्तकलाई लिएर फोनिजसहित अन्य पत्रकारहरू पनि आन्दोलित हुने खबर पाएपछि प्रमुख अतिथिका रुपमा बोलाइएका सभामुख देवराज घिमिरे विमोचनका कार्यक्रममै गएनन्। उक्त पुस्तकको विरोध भएपछि सचिवालयले सभामुख घिमिरेलाई कार्यक्रममा जानबाट रोकेको हो।

महासंघले निकालेको पुस्तकमा कृष्णप्रसाद भट्टराईदेखि हालसम्मका अध्यक्षको इतिबृत्तान्त समावेश गरिएको छ। तर संस्थापक अध्यक्ष भनिएका सत्यन्द्रबहादुर श्रेष्ठबारे केही उल्लेख नगरिएको पुस्तक जलाउने चेतावनी पत्रकारहरूले दिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार