विभिन्न कार्यक्रम गरी खान्द्रुङ माविले ६७ औं वार्षिक उत्सव मनाउने

  नयाँ बुलन्द
595 Shares

इलाम : इलामको देउमाई नगरपालिका-७ सिद्धिथुम्कास्थित खान्द्रुङ माध्यमिक विलालयले विभिन्न कार्यक्रम आयोजना गरी ६७ औं वार्षिक उत्सव मनाउने भएको छ ।

आउँदो ४ देखि ६ फागुनसम्म विद्यलायमा साँगीतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, स्वास्थ्य शिविर, रक्तदान र सम्मान कार्यक्रम गरी वार्षिक उत्सव मनाउन लागेको छ ।

वार्षिक उत्सवका लागि तयारी तीव्र पारिएको प्रधानाध्यापक काजीमान येक्तेनले जानकारी दिए ।

प्रधानाध्यापक येक्तेनका अनुसार पहिलो दिन उद्घाटन र अन्तर विद्यावय साङ्गितीक तथा खेलकुद प्रतियोगिता सञ्चालन हुनेछ । कार्यक्रमको उद्घाटन प्रदेशसभा सदस्य गोविन्द गिरीले गर्नेछन् ।

दोस्रो दिन ओमसाई पाथीभरा हस्पिटल भन्द्रपुर झापाको सहयोगमा निशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सञ्चालन हुनेछ । शिविरमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, फिजिसियन, दन्त रोग विशेषज्ञद्वा निशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै निशुल्क इसिजी र औपधि वितर० हुनेछ ।

त्यस्तै तेस्रो दिन सुनिता थेगिम, रगुन षुरुङ, राजेश चाम्लिङ, देवी गौतम, कोमल निरौला र रामवीर लिम्बूको साँगीतिक प्रस्तुती रहनेछ । कार्यक्रमको समापन देउमाई नगरपालिका प्रमुख सुर्यप्रसाद पोख्रेल गर्ने तय गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकमले गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार