देउमाई कपको उपाधि माई नगरपालिकालाई

  नयाँ बुलन्द
364 Shares

इलाम : इलामको देउमाई नगरपालिकास्थित मङ्गलबारेमा सञ्चालित प्रथम देउमाई कपको उपाधि माई नगरपालिकाले जितेको छ । शनिवार भएको फाइनल खेलमा चुलाचुली गाउँपालिकालाई २-१ गोल अन्तरपमा रोक्दै माईले उपाधि चुमेको हो।

जितका लागि खेलको ३७ औँ मिनेटमा माईका खेलाडी हरि मगरले पहिलो गोल गरे । मध्यान्तरसम्म एक गोलको अग्रता सहित खेलेको माईका लागि मध्यान्तर पछि छैटौँ मिनेटमा चुलाचुलीका खेलाडी गिल्सन कन्दङ्वाले गोल गरेपछि बराबरी पुगेको थियो । ८० औँ मिनेटमा माईका हरि मगरले गरेको अर्को गोल उपाधि चुमाए ।

खेलको म्यान अफ दि म्याच माईका गोल गर्ने खेलाडी हरि मगर घोषित भए । उनले नगद तीन हजार समेत प्राप्त गरे ।

उपाधिसँगै माई नगरपालिकाले नगद दुई लाख नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता बनेको चुलाचुलीले एक लाखमा चित्त बुझायो ।

प्रतियोगिताकै उत्कृष्ट गोल रक्षकका रूपमा माईका निशम दनुवार घोषित भए । त्यस्तै उत्कृष्ट डिफेन्डर माईकै सन्दीप मगर घोषित भए । म्याच अफ दि टुर्नामेन्ट चुलाचुलीका आशिष् लावती घोषित भए भने प्रतियोगिता अवधिभरमा नै सर्वाधिक गोलकर्ताको उपाधि सन्दुकपुरका सुमन धमला घोषित भए । उनीहरूलाई जनही नगद पाँच हजार पुरस्कार प्रदान गरिएको छ ।

विजेता टिम तथा खेलाडीहरूलाई देउमाई नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सूर्यप्रसाद पोख्रेल, उप प्रमुख पविमाया राई लगायत कार्यक्रमका अतिथिहरूले पुरस्कार प्रदान गरेका थिए ।

देउमाई पोस्टिङ क्लबले २० माईदेखि सञ्चालन प्रतियोगिता इलामका १० पालिका टिमको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार