६ वर्षीय बालक तीन दिनदेखि बेपत्ता

  नयाँ बुलन्द
567 Shares

इलाम : विगत तीन दिनदेखि एक बालक इलामको रोङ गाउँपालिबाट बेपत्ता भएका छन् ।

धरान उपमहानगरपालिका-८ दुर्गामार्ग सुनसरीका विजय तामाङको ६ वर्षीय छोरा निर्बिक तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय इलामका डिएपी प्रकाश जवेगूले जानकारी दिए ।

रोङ गाउँपालिका-२ दुधेस्थित मावली घरमा हजुरआमासँग आएका बालक बिहीबार पसल जान्छु भनी घरबाट निस्किएका थिए । गहुँगोरो वर्णको अन्दाजी ३ फिट उचाईको कालो कलरको ट्र्याक र सुन्तला कलरको जम्फर लगाएका बालक घर नफर्नेपछि बेपत्ता भएको परिवारले थापा पाएको डिएसपी जवेगूले बताए ।

बालक घर नफर्केपछि आफन्त र छरछिमेकमा खोजतलास गर्दा समेत फेला नपरेपछि परिवारले प्रहरीमा खबर गरेका थिए ।

प्रहरीले बालकको खोजी कार्य तीव्र पारेको जनाएको छ । दुईवटा तालिमप्राप्त कुकुरसहित डिएसपी जवेगूको कमाण्डमा खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

लगाएको बालकको खोजी कार्यमा सहयोग गर्न परिवारले अपिल समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार