बस दुर्घटनामा परी २० घाइते, दुईको अवस्था गम्भीर, चालक फरार

  नयाँ बुलन्द
672 Shares

चितवन : चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नम्बरको ट्रकसित ठोक्किएको हो ।

घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए ।  घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार