माङसेबुङको प्रतिभा पहिचान : सरस्वती मावि पहिलो

  नयाँ बुलन्द
462 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकामा आयोजित प्रतिभा पहिचान कार्यक्रम अन्तरगत नृत्य प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय माङसेबुङ-५ ले पहिलो स्थान हासिल गरेको छ ।

विहीबार गाउँपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा जीवनज्योति मावि माङसेबुङ-३ ले दोस्रो र चिसोपानी मावि  माङसेबुङ-६ ले तेस्रो स्थान हासिल गरेको छ ।

विजेता र उपविजेता विद्यालयले नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाएका छन् । सहभागी विद्यालयहरुले प्रमाणपत्र पाएका छन् ।

माङसेबुङ गाउँपालिका शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिभित्रका सामुदायिक विद्यालयका कक्षा ६ देखि १२ सम्मका १५ वट विद्यालयले सहभागीता जनाएका थिए ।

माङसेबुङ गाउँपालिका शिक्षा शाखा प्रमुख  बुद्धिप्रसाद खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई, गाउँपालिका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोदकुमार नेम्वाङ, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानलगायतको उपस्थिति थियो ।

प्रशासन प्रमुख मनिमा भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन युवराज दाहालले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार