पवित्रहाङमा कप : आज कन्काई र विवाईसी भुटान भिड्दै

  नयाँ बुलन्द
91 Shares

इलाम : इलामको माङसेबुङमा जारी १४ औं संस्करणको पवित्रहाङ्ममा कप महिला फुटबल प्रतियोगितामा आज (विहीबार) कन्काई नगरपालिका झापा र विवाईसी भुटान भिड्दैछन् ।

प्रस्तावित आत्मानन्द रङ्गशाला माङसेबुङ-५ मा दिउँसो ३ बजे हुने खेलमा कन्काईले विदेशी टिम विवाइसीको सामना गर्नुपर्नेछ ।

यसअघि बुधबार भएको उद्घाटन खेलमा नवदीप युवाक्लब मोरङलाई पराजित गर्दै माङसेबुङ गाउँपालिका खेलकुद विकास समिति सेमिफाइनल प्रवेश गरिसकेको छ ।

खेलको १० औं मिनेटमा माङसेबुङकी सावना राईले गरेको गोलको मद्दतमा माङसेबुङ सेमिफाइनल प्रवेश गरेको थियो ।

खेलको उत्कृष्ट खेलाडी विजेता माङसेबुङकी सावना राई घोषित भइन् ।

पूर्वी पहाडको सर्वाधिक पुरस्कार राशी भएको महिला फुटबल प्रतियोगितामा प्रतियोगितामा नेपाल, भुटान र भारतका ८ वटा महिला टोलिको सहभागितामा छ ।

विजेताले नगद तीन लाख एक सय ६८ र उपविजेताले नगद दुई लाख एक सय ६८ रुपैँया पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही नगद पुरस्कार पाउनेछन् ।

किरात धर्मगुरुआमा साँवा पवित्रहाङ्मा लिङदेनको ६८ ‍औं जन्मोत्सवको अवसरमा सञ्चालित प्रतियोगिताको फाइनल २ फागुनमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार