इलाममा १८ पुराण समापन एवम् धार्मिक महोत्सव आयोजना गरिँदै

  नयाँ बुलन्द
140 Shares

इलाम : इलाम नगरपालिका–६, सिङफ्रिङस्थित सिंह–सिद्धदेवी तथा देवी पञ्चायन मन्दिर परिसरमा १८ पुराण समापन एवं इलाम धार्मिक महोत्सव–२०८० आयोजना गरिने भएको छ ।

आउँदो चैत १ देखि ९ सम्म १८ पुराणअन्तर्गत श्री स्कन्ध पुराण आयोजना गरिने भएको आयोजकले जनाएको छ । पुराणमा चर्चित भागवत् मञ्जरी राधिका दासीबाट कथा वाचन हुने भएको छ ।

त्यस अवसरमा विशिष्ट धर्मगुरुहरूको उपस्थितिमा १७ वटा पुराणको पाठ पारायण, बौद्धगुरुबाट दोमाङ्ग पाठ र किरात धर्मगुरुबाट मुन्धुम पाठ हुनेछ । विगत वर्षहरूमा इलाम जिल्लाका विभिन्न शक्तिपीठमा १७ पुराण सफलतापूर्वक पाठ एवं वाचन सम्पन्न गरिएको थियो । यो अवधिलाई ‘अठार पुराण समापन एवं इलाम धार्मिक महोत्सव–२०८०’का रूपमा मनाइ जिल्लाका शक्तिपीठको प्रचार–प्रसार गर्ने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ ।

महोत्सवबाट आन्तरिक तथा बाह्य धार्मिक पर्यटकलाई इलाममा आकर्षित गरी सिंगो इलामको सर्वाङ्गीण विकास गर्ने लक्ष्य लिइएको जनाइएको छ । आयोजक समितिका अनुसार इलामलाई देश तथा विदेशमा चिनाउने आठ ‘अ’ (अलैँची, अदुवा, अर्थोडक्स चिया, अकबरे खोर्सानी, ओलन (दूध), अम्लिसो, आलु र अतिथि सत्कार ) बाट एक ‘अ’ थप गरी अठार पुराण समापन भएको जिल्लाका रूपमा चिनाउने उद्देश्यसमेत राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार