लुङमाहिम साइँलाको मेटाफोर्मिस मार्गमा

  सन्तोष नेम्बाङ लिम्बू
441 Shares

यो समय लेखक एवं निबन्धकार श्री प्रकाश थाम्सुहाङ æ शब्द थुम Æ कृतिसाथ पाठकहरु समक्ष उभिएका छन् । लाग्छ यसपालीको æशब्द थुमÆ अर्थात शब्दहरुको शक्ति एक्लो सतीसाल झै बर्षौसम्म उभिने छ । पूर्वी पहाडको माटोको सुगन्ध र साँस्कृतिक सौन्दर्यताको शब्दहरुले भरिएको रचनाहरु उम्दा पठनीय लाग्छ । उक्त कृतिको पहिलो खण्डमा व्यक्तिविम्बमा उत्तारिएका तेह्रवटा शिर्षकहरु छन् । पुस्तकको  पहिलो शिर्षक हो – लुङमाहिम साइँलाको मेटाफोर्मिस

यस शिर्षकमा लेखकले आफ्ना पिताको वास्तविक जीवनको परिवेशलार्इ शिलशिलाबद्द रुपमा संगालेका छन् । जुन रचनामा लुङमाहिम साइँलाको पारिवारिक जीवन, राष्ट्रसेवक, सामाजिक कार्य, धार्मिक र राजनैतिक जीवनका यथार्थ परिदृश्य हुन् । इलाममा हुँदा बाजे पर्नु हुने लुङमाहिम साइँलासँग मेरो पनि धनिष्ठ सम्बन्ध थियो । बाजेनातीको दैनिक भेटघाटमा म प्राय वहाँकै जीवन जवानीका कुराहरु सुन्थे ।

पान्थर हेवाखुङखोला आसपासका नाम चलेका अमाली सुब्बा थिए जहरमान थाम्सुहाङ । जहरमानको छभार्इ छोरा मध्ये श्री गणेश बहादुर थाम्सुहाङ साइँला सन्तान हुन । जसले आफूलार्इ लिम्बू भाषामा  लुङमाहिम साँइला लेखाउथे । लिम्बू भाषामा यसको अर्थ हुन्छ æ विरही साइँला Æ । बि.सं. १९९२ साल बैशाख १८ गते याङनाम ढाडेनीमा जम्मेका साइँलाले ‌औपाचारिक शिक्षा दार्जिलिङबाट प्राप्त गरेका हुन । स्वतन्त्रता र प्रजातान्त्रिक आस्थाका पक्षधर साइँला सातसाल देखि रेडलिष्टमा रहेको स्वंयम लेखकले उल्लेख गरेका छन् ।त्यसताका पूर्वी नेपालको लिम्बूवान क्षेत्रमा सुब्बाहरुको मातहतमा किपट भूमी अर्थात बेचेर नबेचिने – किनेर नकिनिने जमिन कायम रहेको थियो ।जग्गा जमिन भोगचलन गर्दा सुब्बाहरुलार्इ सर्तअनुसार रैती अर्थात जनताले अन्नबाली बुझाउथे । जसरी हाल सिक्किम लगायत विकसित राष्ट्रमा जमिन राष्ट्रको हुन्छ । भोगचलन गरे वापत नियमानुसार सेवा शुल्क तिरे पुग्छ । प्रजातन्त्र स्थापना पछि किपट भूमीहरु रैकर भनी नाँपी हुन थाल्यो । जमिन नाँपी हुन थाले पछि किनबेचको प्रथा शुरु भयो । गाउँ घरमा ऋणी र आसामीको दर्जा कायम हुन थाल्यो । रैती जनतालार्इ आसामी , साहु , माहाजनहरुले शोषण गर्न थाले । बि.सं. २०१३ सालमा राजा महेन्द्रलार्इ किपट भूमी नै कायम राख्न लिम्बूवान प्रतिनिधि मण्डलमा २२ बर्षीय स्व.गणेश बहादुर थाम्सुहाङ पनि सहभागी थिए ।अन्तत राजा महेन्द्रले २०२१ सालमा भूमीसुधार लागु गरे । किपट भूमीहरु रैकरमा कायम गरियो । राजनैतिक चेत भएका लिम्बूवान प्रतिनिधि मण्डलका स्व. प्रेमराज आङदेम्बे , बृजहाङपति जवेगु, ललित बहादुर तुम्बाहाम्फे लगायत अन्यहरु राजनीतिमा लागे । यता शिक्षित गणेश बहादुर थाम्सुहाङ निजामति सेवामा प्रवेश गरे । वि.स.‍ २०१८ देखि २०२० साल सम्म इलाम तथा चन्द्गगढी खाद्दय संस्थानको असिस्टेन्ट सुब्बा पदमा बहाली भए ।जागिरे जीवनकालमा पूर्वाचञ्चलका प्राय सबै जिल्लाहरुमा पुग्ने जिम्मेवारी पाए ।त्यस ताका झापाको धान लगायत नगदे वाली उत्पादन भारततिर निर्यात हुन्थ्यो । धनकुटामा सुन्तला खेती, पाँचथर, ताप्लेजुङमा अलैची, इलाममा चिया खेती प्रसिद्ध थियो । वि.सं. २०२० साल देखि २०३० सालसम्म संस्थानको अधिकृत पद रहन्दा रहन्दै राजीनामा दिए । राष्ट्र सेवाको अवकास पछि थाम्सुहाङ साइँलाबाजेले इलाम गढीमा कृषी कर्म गरेर जीवनको क्षण वितारहनु भएको थियो । इलाममा सुन्तला, अलैची, अन्य फलफूल खेती किसानी कर्म सँगै अन्य सामाजिक कार्यहरुमा समेत सक्रिय हुनुहुन्थ्यो । इलाम बसाइकै क्रममा मधुमेह, उच्च रक्तचापले वहाँलांर्इ क्रमश सताउन थाल्यो । बि.सं. २०६५ फाल्गुन २८ मा उपचारको क्रममा काठमाडौ हेम्स अस्पतालमा वहाँको निधनको खवर पायौ ।

इलाम सदरमुकामबाट बढीमा ३ किलोमिटर दुरीमा रहेको इ.न.पा. ९ शिक्षाको दृश्टीकोणमा पछि  थियो । सदरमुकाम नजिक भएर पनि बत्तिमुनीको अध्यारो भने जस्तो त्यस स्थानमा शिक्षाको जागरण थिएन । मिश्रित जातीहरुको बसोबास भएता पनि अधिकांस घरपरिवार श्रममा आश्रित थिए । गढीगाँउलार्इ श्रमिक अर्थात धुरा बस्ती भनिथ्यो । सीमित परिवारहरुसित मात्र जग्गा जमिनको स्वामित्व थियो । बि.सं. २०२६ सालमा इ.न.पा. ९ मा श्री दृपादेवी प्रा.वि. स्थापना गरीयो । विद्यालयलार्इ उनै लुङमाहिम साँइलाले निशुल्क जग्गा प्रदान गरे । स्थानीय बरभैया, बालनगाँउ, धुराबस्ती , गढीका बालबच्चाहरुले आफ्नै गाउँमा शिक्षा पाउन थाले । पाँचथर याङनाम ढाडेनीको किराँत पुस्तकालय खोलेर लिम्बू मातृभाषा शिक्षालार्इ बढवा दिए ।पन्चायतको नाममा राजा महेन्द्रले एक भाषा एक भेषको नीति ल्याएका थिए ।पन्चायती शासकहरुले आदिवासीहरुको भाषा लिपीमा दमन गरेकै सयम किराँत पुस्तकालय खोल्नु चुनौती थियो । काठमाडौमा नेवारी भाषी कविहरु केदारमान व्याथित , चितन्धर हृदय , सिद्दीचरण श्रेष्ठहरुले मातृभाषामा कविता प्रकाशन गरेको नाममा जेल परेका थिए । पूर्वी नेपालको लिम्बूवान क्षेत्रमामा पनि लिम्बू मातृभाषा शिक्षाको शुरुवात गर्दा बीर नेम्बाङलार्इ पनि राजकाज मुद्दा लागेको हो । आफ्नो मातृभाषामा छदम नाम दिएर पूर्वी नेपालमा पनि लुङमाहिम साइँलाले कविताहरु सृजना गरेका हुन । किराँत श्रीजंगा लिपीमा लेखिएको पान्डुलिपीका ठेलीहरु हाल साइँलाका कान्छा छोरा प्रकाशले फेला पारेका छन् । देवनागरीमा लेखीएका पालामका ख्यालीहरु समेत छन् । विद्यालय देखि पुस्तकालय खोल्नु शैक्षिक चेतनाको उपज हुनु पर्छ । स्वंयम थाम्सुहाङ परिवारका सबै छोराछोरीहरुलार्इ एसएलसी गराउने पहिलो व्यक्तिको रुपमा पनि परिचित हुनुहुन्थ्यो ।वहाँको श्रीमति किरातनोमा नेम्बाङ समेत साक्षर । थाम्सुहाङ्ग बज्यैले त्यस बेला देवनागरी र श्रीजंगा लिपीका पत्रपत्रिका पढीरहेको-शास्त्र बाचन गरी रहेको देख्दा गैर लिम्बू छिमेकीहरु अच्चमै मान्थे । मैले पनि किरात श्रीजंगा लिपी साइँला बाजेसँगै सिकेको हुँ ।यसका अवला मैले थाम्सुहाङ बाजेसँग सतरंज खेल्न, बाँघचाल खेल्न, फाल्गुनन्द र तिर्ने लामाको कथा , विपी र खुकुरी दलको तान्डव,  नेहरु र गान्धीको राजनीति,  स्व.पदम सुन्दर लावतीको विकास देखि सतपालजी महाराजको धर्म दर्शन पनी उनै साइँला बाजेसँग सिक्ने – बुझ्ने अवसर पाएको हुँ  । समग्रमा लुडमाहिम साइँला उर्फ थाम्सुहाङ बाजे धार्मिक,  राजनैतिक चेत, सामाजिक व्यत्तित्व, शिक्षाप्रेमी देखि मातृभाषी कवि थिए । वहाँको सम्झनामा एक सत्य किस्सा मलार्इ मित्र उत्तम गुरुङले  सुनाए ।

इलाम चियाबारीको पल्लो छेउ अलैची र सुन्तला बगान बीचमा ढुङगामाटोले बनेको तीनतले घर छ । ठूलो आँगन, फूलबारी सँगै वरीपरी सुन्तलाबारी, घरको आसपास पटपटे र नाली धाराको मुहान छ । जहाँ धुरावासी, गढीबासीहरुले दैनिक खानेपानीको जोहो गर्छन ।ती धाराहरुबाट नै सिचाइ हुने गरी अलैची खेती र सुन्तला बगान लगाउने पहिलो व्यक्ति नै हुनुहुन्थ्यो । घरघुर्यानको खेतबारीमा पाँचथरबाट अलैचीका विरुवा ल्याए अलैची बगान लगाए । अलैची बगानको झाङभित्र पसियो भने हतपत साथी नभेटिने । त्यसबेला अलैची दशैतिहार ताका पाक्थ्यो । पाके पछि अलैचीकी बुँगा सुन्तला जतिकै गुलियो चपाए भने बास्ना युक्त हुन्छ । दृपादेवी पढने केटाकेटीहरु कहिले अलैची, सुन्तला, कागती नास्पाती,  कटर, अमला, अम्बा, , टिम्बुर, रिठ्ठा, लप्सी , रुद्राक्ष चोरी खान बगान र बारी भरी पस्थे । बारी बगानतिर हुलहुलै पसेका केटाकेटीहरुले फलफूलका हाँगाविगा भाँचीदिएर तमास गर्थे त कहिले कोदोबारी भरी कोदोको नल चुसेर , लुकामारी खेली कोदो, धानबारी माडी दिएर हैरान पार्थे । त्यस बेला दृपादेवी पढने बालबच्चाहरु वहाँको बगैचामा पसेर फलफूल खानलार्इ भए पनि स्कुल जान छुटाउदैन्थे ।कहिले काही अभिभावकहरु आफ्नो बालबच्चा स्कूलबाट घरमा नआए उनै बाजेको धुर्यान बगानतिर खोज्न पुग्थे। बेला-बेलामा शिक्षक गुरुआमाहरुलार्इ टीफिन समयमा केटाकेटी सम्हाल्नै हम्मे हम्मे पर्थ्यो । बेला बखत चोरी खाने केटाकेटीहरुलार्इ तर्साउन बगान तथा बारी तिर बुख्याचा बनाएर राख्थे । केटाकेटीहरु थाम्सुहाङ बाजे बगानमा बन्दुक बोकेर बसेका छन् भन्थे । कहिले घरमा बस्ने कारबारी बाजेलार्इ फलफुलको हेरालु राख्थे । अग्लो कदका साँइला बाजे मलमलको दाउरा सुरुवाल, कोट, ढाकाटोपी पहिरनमा दृपादेवी प्रा.वि. पुगीरहन्थे । विद्यालय व्यवस्थापन समितिको अध्यक्षको हैसियतले पनि विद्यालय पुगी रहन्थे । मौका मिल्दा विद्यालयको प्रार्थनाकालमा विद्यार्थीहरुलार्इ राम्रो पढन , असल बन्न,  ज्ञानी हुनु पर्छ भनि शिक्षक विद्यार्थीहरुलार्इ अर्ति उपदेश दिन्थे । बालबच्चाहरुलार्इ लौरी सिर्कना भन्दा मनोविज्ञानले तर्साउनु पर्छ भन्ने सिदान्तका पक्षधर थिए । बालबच्चाहरु पनि थाम्सुहाङ बाजे भने पछी डरले र लाजले पर परै हुन्थे ।

एक दिनको कुरा । दृपादेवी पढने बालेन अधिकारी र उत्तम गुरुङ पाकेका अलैचा खान पल्केका रहेछन् । हप्ता दिन देखि नै दुवैजना स्कुलै नगर्इ दिनभरी अलैची बगानमा पसी अलैचीखादै रमाउदै बगानमात्र थिए । उनीहरु दिनहुँ बोटैपिछे छानी छानी अलैचीको बुँगाबाट अलैची केस्रा छोडाउदै खार्इरहेका हुन्थे । अग्लो घरको बरन्डा बसेर घाम तापीरहेका साँइला सुब्बाले घरमुनीको अलैचीबारीमा केही पसेको सुइको पाए । इलामको गाँउघरमा वहाँलार्इ गैर लिम्बूहरु सुब्बा साँप भनेर चिन्दथे । त्यस बेला सुब्बा सापसँग अनुमति प्राप्त जोरनाले बन्दुक साथैमा राखेका थिए । अलैची पाकेपछि असाध्यै गुलियो भएर होला फलफूल मात्र खाने जंगली काला भन्ने जन्तुले (फलफूलमात्र खाने जनावर शिकार गरी खान मिल्ने )  खेदो नै लाउछ । साइँला सुब्बा पनि अलैची बगानमा कालाले हप्ता दिन देखि अलैची खाइरहेको अनुमान लाएपछि विराला चालमा जोरनाले बन्दुक काँधमा भिरी सुटुक्टै अलैची बारी छिरे । पुरै शिकारी चालमा तयारी अवस्थामा रहेका बन्दुकको कुँदा दाँहिने काँधमा अडेस लगाएर काला आउने गौडा बाटो ढुकेर बसे । कालाहरु पनि बिस्तारै बिस्तारै अलैची खादै खादै बगानको सिरानतिर पुग्न लागेका के थिए । शिकारी र कालाहरु बीचको दुरी एकमीटर जती पुगनपुग थियो । ढुकेर बसेका साँइला सुब्बा भने बायाँ आँखा चिम गरी जोरनाले बन्दुक ताकेर दायाँ हातको चोरी ‍औलाले बन्दुकको घोडी मात्र के दबाउन आँटेका थिए । ठूलो आवाजका साथै अलैची बगान खोल्सी नै थर्कमान हुने गरी हैठ ……..तिमीहरु को हौ ?  मात्र के भनेका थिए दिन भरी अलैची खाँदा खाँदा गरेर अघाएका बालेन अधिकारी थररर कामी रहे । सुब्बा साँइलाले आफ्नो काँधबाट करिब छ इन्च जति अगाडी बढाएको जोरनाले बन्दुकको नाल हाम्रै छाती अगाडी थियो । डरले हामी भयभित भयौ ।बोली अडकियो । आ ….. गरेर तर्सदा मुखमा हालेको अलैचीकी गुलियो केस्राहरु बाहिर निस्की रहेको थियो । चारैतिर अलैची बगानको घारी, घारीभित्र दुधिलो, उत्तिसको बाक्लो रुखहरु । दिनमै अध्यारो लाग्ने बगान भित्र हामी तीनजना मात्र ।  मैले यसो हेरे बालेनजी दुर्इहात जोडेर सुब्बासाप अब देखि अलैची चोरी खान आउदिन भन्दै रुदै थियो । मेरो पनि एकछिन त होसहवास गएजस्तो भयो । अन्कन्टार अलैची बगानमा सुब्बा सापको खोल्सी थर्कने गरी हैठ…..को हौ ? आवाज र हामी दुर्इको रुवावासीले बगान भित्र ठूलै घटना भए जस्तो भयो ।हामीमा रुनु सिवाय के नै हुनु र । अब उपरान्त अलैची चोरी खान नआउने शर्तमा साँइला सुब्बाले मलार्इ र बालेनलार्इ बगानबाट घर जाऔ भन्दै पठाउनु भयो । हामी पनि ठूलै दशाबाट बाँचे झै गरी चियाबारीभित्र घर्सदै शनिश्चरे डाडाँमा पुग्यौ । बाटामा स्कूलका साथीहरु कसैले देख्छन कि भनी चियाको बुट्यानमा लुक्दै-छिप्दै बसिरहेका थियौ । पारी सिद्धीथुम्का डाँडामाथी मध्यान्ह पछिको घाम क्रमश डुब्दै गर्इ रहेको थियो । त्यस बेला शनिश्चरे डाँडाको तल चियाबारीको पिपलबोट हुँदै बाटै भरी घरतिर फर्कन्दै गरेको अरु स्कुले साथीहरुलार्इ देख्यौ । यतिकैमा साथीले पादेर होला अलैची जस्तो-जस्तो दुर्गन्ध आयो ।दुर्गन्धले मैलै नाख खुम्चाए ।दुर्गन्ध विस्तारै विस्तारै बढदै गयो । त्यहाँ हामी दुर्इ सिवाय कोही थिएन । कसो-कसो गर्दा मैलै साथीको हापेन्ट पछाडीबाट अलैचीका दानाजस्ता केही झरी रहेको देखे । ‍ओर्इ तेरो पछाडीको हापेन्टको दुलोबाट त्यो के झरेको भन्दै मैले नि बायाँ हातले आफ्नो कट्टु छामे । मेरो पनि कट्टुको हालत उस्तै भएको रहेछ । सम्झन्दा अघि अलैचीघारीमा सुब्बा सापको गर्जन र जोरनाले बन्दुकको डरले अलैची नै अलैची आ-आफ्नो कट्टुभरी भएको बल्ल थाहा भयो । खासमा अलैची चिसो बस्तु । बुँगाबाट छुट्टार्इ बदाम निकाले जस्तो गरी निकाल्दै खानु पर्ने । अलैचीको गुलियो दाना मुखमा पर्ने वितिदै चपाउनै नपर्ने । खाए पछि दाना नपच्ने । अझ धेरै खाए चिसो लागेर खोकी लाग्ने । हप्तादिन देखिको अलैची निलेर होला चियाबारीको डाँडामा ख्वाक-ख्वाक गरी दुवैलार्इ खोकी लाग्न थाल्यो। त्यतिन्जेल हामी दुवैलार्इ पखालाले च्यापी सकेछ । खोक्दै पिछे पिंधमा अलैचीका दानामात्र निस्कने । दुवै जना लाज  र डर मान्दै भोली भेटने गरी आ-आफ्नो घर तिर लाग्यौ। घर पुग्दा हामी स्कुलै नगर्इ अलैचीबारीमा भेटीएको खबर अघिनै पुगी सकेको रहेछ ।त्यस दिन हामी दुवैको सिर्कना कुटार्इको व्यवस्था राम्रै भयो । बुवाआमाले पनि हामीलार्इ अलैची चोर कालाहरु भने । तिमीहरुको कालाको जस्तो छाला काढनु पर्ने भन्दै आमाबुवाले हकार्नु भयो। यो कुरा स्कूलका साथीभार्इ सर-मिसहरुले थाहा पाएछन् । हामी लाजले , डरले पेदु पेदु भयौ । त्यस पछी खोकी र पखाला लागेको बाहाना गरेर साता दिन जती हामी स्कूल गएनौ । हप्ता दिनसम्म हामीले पखाला लागेको अलैचीको दानासरीको हापेन्ट पटपटे धारामा धुदै बस्यौ। दशै तिहार पछि हामी दुवैले दृपादेवी स्कुल जान छाडेर अर्कै स्कूल फेर्यौ । स्कूल फेरे पछि प्रार्थनाकालमा उनै थाम्सुहाङ बाजेले राम्ररी पढनु पर्छ , असल , ज्ञानी बन्नु पर्छ भन्ने चेत बल्ल खुल्दै गयो । पछि म प्राथमिक शिक्षकमा स्थायी भए अर्का साथी निजामति सेवामा प्रवेश गरे । हाल म थाम्सुहाङ सुब्बा साँप उर्फ लुङमाहिम साइँलाले जस्तो विद्यार्थी भाइबहिनीहरुलार्इ अर्ति उपदेश दिदै गाउँमा शिक्षा बाँडी रहेको छु । मेरो साथी कृषी ज्ञान केन्द्रमा पोष्टीङ भएर  गाउँगाउँमा किसानहरुलार्इ फलफूल खेती आदी सिकार्इ रहेका छन् । केही छिमेकी मित्रहरु सुब्बासाँपले जस्तै नियमित धार्मिक कर्मसँगै बार्षिक रुपमा श्री सतपालजी महाराजको दर्शन भेट गर्न भारत सिलगुढी गर्इ रहन्छन् ।  म पनि वहाँ जस्तै परिवारको , समाजको, राष्ट्रको सेवामा लाग्ने मार्गमा हिडीरहेको छु ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार