इलाम : इलामको धार्मिक क्षेत्र माङसेबुङमा १४ औं संस्करणको पवित्रहाङ्ममा गोल्डकप महिला फुटबल प्रतियोगिता आज (बुधबार) सुरु हुँदैछ ।
प्रतियोगितामा नेपाल, भुटान र भारतका ८ वटा महिला टोलिको सहभागितामा हुने प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोलि माङसेबुङ गाउँपालिका र नवदीप षुवाक्लब मोरङबीच खेल हुनेछ ।
पूर्वी महाडको सर्वाधिक पुरस्कार राशी भएको महिला फुटबल प्रतियोगितामा नेपालबाट माङसेबुङ गाउँपालिका इलाम र नवदीप युवा क्लब मिक्लाजुङ मोरङसहित, कन्काइ नगरपालिका झापा, नमोबुद्ध युथ फुलबल क्लब सप्तरी, दिपेन्द्र सिखर फुटबल क्लब इलाम र जनसहयोग युबाक्ल मोरङ सहभागी हुनेछन् । त्यसैगरी भारतबाट डिफेन्डिङ च्याम्पियन मानेभञ्याङ फुट्बल क्लब दार्जिलिङ र भुटानबाट विवाईसी भुटान सहभागी छन् ।
किरात धर्मगुरु आत्मानन्द लिङदेनपत्नी साँवा पवित्रहाङ्मा लिङदेनको ६८ औं जन्मोत्सवको अवसरमा हुने प्रतियोगितामा आउँदो २४ माघदेखि २ फागुनसम्म सञ्चालन हुनेछ ।
विजेताले नगद तीन लाख एक सय ६८ र उपविजेताले नगद दुई लाख एक सय ६८ रुपैँया पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही नगद पुरस्कार प्रदान गरिने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।
इलामको माङसेबुङ गाउँपालिका-५ स्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा दर्शका लागि बाँसको अस्थायी पारापेट निर्माण गरीएको छ ।
प्रतियोगिताको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकमबाट हुनेछ ।