निश्चल बस्तेतले दिए इलाममा स्वास्थ्य केन्द्रको लागि निशुल्क जग्गा

  नयाँ बुलन्द
889 Shares

इलाम : चलचित्र निर्देशक तथा कलाकार निश्चल बस्तेतले इलाममा एक स्वास्थ्य केन्द्रको लागि निशुल्क जग्गा दान गरेका   छन ।
इलाम नगरपालिका–१, साखेजुङमा रहेको आफ्नो पुर्खौलि जग्गा स्थानीय स्वास्थ्य संस्थालाई प्रदान गरेका गरेका हुन ।
मालपोत कार्यालय इलाममा पुगेर निर्देशक बस्नेतले आफ्नो नामको कित्ता नम्बर २ ख ५३ रहेको ३ रोपनी २ दाम ३ पैसा जग्गा स्थानीय आधारभूत स्वास्थ्य सेवा उपकेन्द्रलाई दिए ।

जग्गा स्वास्थ्य केन्द्रको नाममा पास गरेपछि बस्ने्तले आफ्नो ठाउँको जग्गा दान दिन पाउँदा खुसी भएको बताए ।

स्वास्थ्य उपकेन्द्रलाई जग्गा निकै साँघुरो भएका बेला कलाकार बस्नेतले दिएको जमिन निकै उपयोगी हुने र यसको सहि सदुपयोग गर्ने इलाम नगरपालिका वडा १ का वडाध्यक्ष गायत्रीराम बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार