झ्यालबाट फालेर छोराछोरीलाई हत्या गर्ने दम्पतीलाई मृत्युदण्ड

  नयाँ बुलन्द
315 Shares

काठमाडौं:  दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्डको सजाय दिइएको छ ।

बालबालिकाका बुबा झाङ बो र आमा यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको थियो।

दुवैलाई बुधबार मृत्युदण्ड दिइएको हो ।

झाङको यी सँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद भयो। त्यसपछि उनले छोराछोरीको हत्या गर्ने षड्यन्त्र गर्न थालेको आरोप छ ।

चीनको सर्वोच्च अदालतले आफ्नो आदेशमा यस कार्यलाई बर्बर भनेको छ।

के हो घटना ?

अदालतको सुनुवाइका क्रममा झाङले आफ्नो विवाह र परिचय लुकाएर अफेयर सुरु गरेको खुलासा भएपनि थाहा पाएपछि पनि यीले उनलाई भेट्ने क्रम जारी राखे ।

झाङले सन् २०२० को फेब्रुअरीमा आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गरे तर यी दुई छोराछोरीलाई विवाहको सबैभन्दा ठूलो बाधक मानेका थिए ।

यसका लागि यी ले झाङलाई बच्चाहरूलाई मार्न दबाब दिएकी थिइन् ।

२०२० नोभेम्बर २ मा झाङले आफ्ना दुवै बच्चाहरूलाई १५ औँ तलामा रहेको आफ्नो अपार्टमेन्टको झ्यालबाट फ्याँकिदिए र हत्या गरे ।

चीनमा मृत्यसदण्डको सजाय विद्यमान छ । विषको सुई लगाएर वा फायरिङ स्क्वाडको अगाडि गोली हानेर गम्भीर अपराधीलाई मृत्युदण्ड दिने गरिन्छ ।- नेपालमञ्चबाट 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार