नवविवाहित जोडीलाई गाउँपालिकाको शुभकामना कार्ड

  नयाँ बुलन्द
126 Shares

मोरङ : मोरङको धनपालथान गाउँपालिकाले नवविवाहित जोडी तथा गर्भवती आमालाई शुभकामना कार्ड वितरण गर्दै आएको छ । गाउँपालिकाले अपांगता भएका व्यक्तिहरुको सुरक्षाको लागि सो कार्यक्रम सञ्चालन गर्दै आएको हो ।

गाउँपालिकाको शिक्षा शाखाका प्रमुख ऋषिराज सेठका अनुसार दम्पतीले परिवार नियोजनको विभिन्न साधन प्रयोग गर्ने र गर्भवती आमाले विभिन्न औषधिको प्रयोग गर्ने भएकाले सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । गर्भवती महिला र नवविवाहित जोडीलाई सोबारे जनचेतना दिनको लागि कार्ड वितरण गर्ने उनले बताए ।

शुभकामना गर्भवती महिला तथा नवविवाहित जोडीले के प्रयोग गर्ने र नगर्ने भन्ने उल्लेख गरेको हुन्छ । सो कार्ड स्वास्थ्य चौकीले वितरण गर्ने उनको भनाइ छ ।

‘विवाह दर्ताा गरेसँगै वडा कार्यालयले रेकर्ड राख्छ । तर सो कार्ड स्वास्थ्य चौकीले वितरण गर्छ,’ उनले भने । गाउँपालिकाले विगत तीन वर्षदेखि सो कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रम सञ्चालनमा ल्याएसँगै अपांगता भएका व्यक्तिहरु कमी भएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार