सन्दकपुर गाउँपालिकामा शिक्षकहरुलाई पाठ्यक्रमको प्रवोधिकरण कार्यक्रम

  नयाँ बुलन्द
112 Shares

इलाम : इलामको सन्दकपुर गाउँपालिका भित्रका विद्यालयका शिक्षकहरुलाई परिवर्तन पाठ्यक्रमको प्रवोधिकरण कार्यक्रम भएको छ । परिवर्तन भएको पाठ्यक्रमका बारेमा शिक्षकहरुलाई जानकारी दिने उदेश्यले प्रवोधिकरण कार्यक्रम आयोजना गरिएको हो ।

सन्दकपुर गाउँपालिका शिक्षा शाखाद्धारा आयोजना भएको प्राथमिक तह कक्षा १ बाट ५ सम्मका शिक्षकहरुलाई पाठ्यक्रम प्रवोधिकरण कार्यक्रम सम्पन्न भएको छ । आधारभुत तहको पाठ्यक्रम प्रवोधिकरण कार्यक्रममा २६ विद्यालयको ३१ जना शिक्षकहरु सहभागी थिए ।

शिक्षा समिति सदस्य कुसुम राईको अध्यक्षतामा भएको प्रवोधिकरण कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्ग, अतिथि उपाध्यक्ष हरि बहादूर लुङ्गेली, शिक्षा शाखा प्रमुख सुनिल निरौला रहेका थिए । प्रवोधिकरण कार्यक्रममा प्रमुख प्रशिक्षक उमेश बुडाथोकी, प्रशिक्षक सुनिल निरौला रहेका थिए ।

यसैगरी कक्षा ६ देखि १२ सम्म शिक्षकहरुलाई पाठ्यक्रम प्रवोधिकरण गर्ने कार्यक्रम शुरु भएको छ । आधारभुत तथा माध्यमिक तहको प्रवोधिकरण कार्यक्रमको अध्यक्षता शिक्षा समिति सदस्य नेत्र रिजालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्ग, विशेष अतिथि उपाध्यक्ष हरि लुङ्गेली, मुख्य प्रशिक्षक उमेश बुडाथोकी र शिक्षा शाखा प्रमुख सुनिल निरौलाको आथित्यता रहेको थियो ।

२ दिनसम्म चल्ने प्रवोधिकरण कार्यक्रममा २३ जनाको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार