इलाम : याक्थुङ युवा मञ्च इलामको अध्यक्षमा युवराज लिम्बू निर्वाचित भएका छन् ।
शनिबार इलाम सदरमुकाममा सम्पन्न विशेष जिल्ला अधिवेशनबाट लिम्बूको अध्यक्षतामा सात सदस्यीय नयाँ जिल्ला समिति निर्वाचित भएको छ ।
उपाध्यक्ष दुर्गा थेगिम, सचिव रेखा बेघा, सहसचिव कमला जबेगू, कोषाध्यक्ष उमेश सेलिङ र सदस्यमा मिलन आङदेम्बे, भीमा लिम्बू, सारदा तुम्रोक र सबिना लिम्बू निर्वाचित भएका छन् ।
थप सदस्य विधान बमोजिम मनोनीत हुने किरात याक्थुङ चुम्लुङ इलामका सचिव राम योङहाङले जानकारी दिए ।
नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई किरात याक्थुङ चुम्लुङका संघीय सन्तोष नेम्बाङले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।
किरात याक्थुङ फासिङ सजुम अध्यक्ष देउप्रकाश खाम्दाकको अध्यक्षता र सांस्कृतिक परिषद्का संघीय सञ्चालक समिति अध्यक्ष सागर केरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय सदस्यहरू सन्तोष नेम्बाङ र विष्णु तुम्बापो, जिल्ला अध्यक्ष बुद्धमाया सोङमी र सल्लाहकार गायत्री थेगिमलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लिम्बूले प्रतिवद्धता मन्तव्य व्यक्त गरेका थिए ।
फासिङ सजुमका सचिव पदम ताम्लिङले स्वागत गरेको कार्यक्रमको सञ्चालन किरात याक्थुङ चुम्लुङका सचिवालय सदस्य अतित योङहाङले गरेका थिए ।