किरात याक्थुङ फासिङ सजुम अध्यक्षमा सोङ्मी

  नयाँ बुलन्द
889 Shares

इलाम : किरात याक्थुङ फासिङ सजुम इलामको अध्यक्षमा विक्रम सोङमी निर्वाचित भएका छन् ।

शनिबार इलाम सदरमुकाममा सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट सोङ्मीको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला समिति निर्वाचित भएको छ ।

उपाध्यक्षमा पदम ताम्लिङ, सचिव मुक्ति खाम्दाक, सहसचिव विनादेवी लिम्बू र कोषाध्यक्षमा रेनुका लिङदेन निर्वाचित भएका छन् ।

सदस्यमा भीम येक्तेन, छत्र सम्बाहाङफे, हर्क लिङदेन, हस्त फियाक, बलबहादुर चौबीसे, कृष्णकुमारी लिम्बू, मनप्रसाद लिङेदन, दुर्गा लिम्बू, विष्णु फोम्बो, सरिता लावती, नरबहादुर साउदेन, भीम लिम्बू निर्वाचित भएका छन् । बाँकी सदस्य कार्यसमिति बैठकले मनोनित गर्नेछ ।

नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई किरात याक्थुङ चुम्लुङका संघीय सन्तोष नेम्बाङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

त्यस्तै, पाँच सदस्यीय सल्लाहकार समिति गठन भएको छ । सल्लाहकारमा देउप्रकाश खाम्दाक, बखतबहादुर आङदेम्बे, बुद्धमाया सोङमी, नरबहादुर नेम्बाङ र गायत्री थेगिम रहेका छन् ।

‍फासिङ सजुम अध्यक्ष देउप्रकाश खाम्दाकको अध्यक्षता र सांस्कृतिक परिषद्का संघीय सञ्चालक समिति अध्यक्ष सागर केरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय सदस्यहरू सन्तोष नेम्बाङ र विष्णु तुम्बापो, जिल्ला अध्यक्ष बुद्धमाया सोङमी र सल्लाहकार गायत्री थेगिमलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सो्ङ्मीले प्रतिवद्धता मन्तव्य व्यक्त गरेका थिए ।

फासिङ सजुमका सचिव पदम ताम्लिङले स्वागत गरेको कार्यक्रमको सञ्चालन किरात याक्थुङ चुम्लुङका सचिवालय सदस्य अतित योङहाङले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार