कोरिया पठाउने भन्दै इलामका युवाहरू बाट उठाईएको रकम फिर्ता गराउदै प्रशासन

  नयाँ बुलन्द
84 Shares

इलाम : दक्षिण कोरियामा मौसमी कामदार पठाउने भन्दै इलाममा  युवाबाट लिएको रकम फिर्ता गराउन सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार इलाम सदरमुकाममा रहेको एसिई स्किल ट्रेनिङ सेन्टरले अवैधानिक रूपमा तालिम सञ्चालन गरेको भन्दै उजुरी आएपछि ३२ लाख रुपैयाँ फिर्ता गराइएको हो ।

‘तालिम सञ्चालन गरेको तथा सेवाग्राहीबाट मनोमानी रूपमा रकम असुल गरेको भनी प्राप्त उजुरीका आधारमा हालसम्म ३१ जनाको पूरा रकम फिर्ता गराइएको छ,’ प्रशासनले भनेको छ, ‘बाँकी तीन जनाको आधा रकम गरी जम्मा ३२ लाख ३० हजार रुपैयाँ फिर्ता गराइएको छ ।’

इलाममा सेन्टरले करिब तीन सय जनाले यहाँ तालिम लिएका थिए । तर, छनोटमा परेका युवाबाट तालिमका लागि भन्दै जनही ९० हजार रुपैयाँभन्दा बढी लिइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार