इलाम : इलामको माईजोगमाइ गाउँपालिका-२ जोगमाईमा महाविर फुस्रे खोला पाञ्चायन देवस्थल तथा गोपिनी गुफाको उद्घाटन गरिएको छ ।
गाउँपालिका अध्यक्ष कुसबहादुर थेवे र उपाध्यक्ष प्रविना राइले संयुक्त रूपमा देवास्थलमा दिप प्रज्वलन गरि उद्घाटन गरेका हुन ।
पाञ्चायन देवस्थल संरक्षण समितिका अध्यक्ष दिलबहादुर सुबेदीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि थेवेले पालिकाले टुरिजम एप बनाउने तयारी हुदै गरेको छ यस देवास्थलपनि राखिने बताए । उनले पालिकाले सिमित स्रोत साधनको उपयोग गर्दै चौतर्फी आवश्यकता पुर्ति गर्नु पर्ने भएकाले इच्छाएको काम एकैपटक गर्न नसकिने बताए । उनले पालिकाले वडाहरुमा आलोपालोमा विकास गर्दै जाने बताएका छन । यस्तै विशेष अतिथि राईले आफुले भोट माग्दै गर्दा गरेका बाचा नभुली क्रमश प्रकृयागत रूपमा काम गर्दै गएको बताए । कुनै पनि काम गर्नलाइ कागजी प्रक्रियामा जानु पर्ने भएकाले भनेजति काम गर्न नसकोको स्वीकार गरे ।
उनले संचारमाध्यमका सबै लेख सुचना समाचार सत्य नहुने हुँदा तथ्य कुरामा प्रस्ट हुन समेत आम नागरिकमा अनुरोध गरे । सकारात्मक कुरामा प्रचारबाजी गर्नु पर्ने भन्दै धार्मिक ,साँस्कृतिक,पर्यटकिय स्थलहरूको खोज अनुसन्धान गरि प्रचारप्रसार गर्न लाग्नु पर्ने बताए ।
विगत दुई बर्ष अघिदेखि स्थानिय दिलबहादुर सुबेदी दिनेशले देवास्थालको संरक्षण गर्नमा पहल गरि उहाँकै अध्यक्षतामा संरक्षण समिति निर्माण गरि देवास्थलको उत्थान, संरक्षण, धार्मिक पर्यटनको निमित्त प्रचार प्रसार गर्दै आएका थिए । उनले सपनामा आफुलाई देखाएको र त्यस ठाउँमा पुगी हेर्दा विभिन्न देवीदेवताको तस्वीर ढुंगामा पाएपछि यस्को संरक्षण गर्न थालिएको बताए।
आफुले औँसी र पुर्णिमा संधै पुजापाठ गर्दै आएको र विभिन्न धर्म गुरु लामा गुरूहरूलाइ देखाउने सुनाउने गर्दा यसप्रति उहाँहरूले संरक्षण गर्न सुझाव संगै साथ दिएकोले यस्को दिगो बिकासको लागि कार्यक्रम गरी उद्घाटन गर्न सफल भएको बताए ।
पर्यटकको रोजाइमा
माइजोगमाइ अहिले पर्यटकको रोजाइको केन्द्र बन्दै गएको छ । विश्वमै दुर्लभ रेडपान्डा, काडे भ्याकुर ,औषधीय गुण भएको बहुमुल्य केसर खेती, बौद्धधर्मावम्विको आस्थाको केन्द्र सांङघेछोइलिङ्ग गुम्बा, स्वच्छ र रमणिय वातावरणले भरिपुर्ण रहेको छ । कालिखोप चिवाबगान मुनि पाञ्चायन देवस्थल तथा गोपिनी गुफाको प्रचारप्रसार र सरकारले चासो दिएर, सडक, बिजुली र देवस्थान अासपासको ब्यवस्थित गर्न सके धेरै सम्भावना बोकेको छ ।