आहा ! इलाम बनाउदै मेयर थापा

  नयाँ बुलन्द
210 Shares

इलाम : अव्यवस्थित रूपमा फालिएको फोहोरले कुरुप बनाउने गरेको इलाम बजारलाई थप ब्यबस्थित बनाउन इलाम नगरपालिकाले योजना अगाडी सारेको छ । नगरपालिकाले पहिलो प्राथमिकतामा फोहोर व्यवस्थापनलाई राखेर काम गर्न थालेपछि इलाम बजार सफा देखिन थालेको हो ।

नगरको वार्षिक कार्यक्रम अन्तर्गत मगलबार विभिन्न सार्वजनिक स्थान र सदरमुकामको ऐतिहासिक चिया बगान क्षेत्रमा डस्टबिन राखिएको छ  ।

डस्टबिन राख्ने कार्यक्रममा मेयर केदार थापा आफै ड्स्बिन लिएर नगरमा विभिन्न क्षेत्रमा नगरपालिका जनप्रतिनिधि र नगर कर्मचारी सहित पुगेका थिए  ।

नगरपालिकाको सौन्दर्य बढाउनका साथै जथाभावी फालिने फोहोरलाई ब्यबस्थापन गर्नका लागि सार्वजनिक स्थानमा डस्टबिन राखिएको मेयर थापाले नयाँ बुलन्दलाई जानकारी दिए ।

मेयर थापाले भने,’आफू निर्वाचित भएलगत्तै देखि इलामलाई सफा र सुन्दर सहर बनाउने लक्ष्य राखेर काम गरिरहेको छु । इलाम बजारको फोहोरलाई ब्यबस्थापनका लागि खाल्डे फोहोर ब्यब्स्थापन केन्द्रमा परियोजना नै तयार गरेर काम भइरहेको छ । यो संगै नगरपालिकाले नगरको सौर्न्दर्य बढाउन यस अघि पाटेनागी,जस्बिरे सहित इलाम चिया बगानमा विभिन्न फलफूलका बिरुवा साथै बिभिन्न जातका फुलहरु रोपण गरिसकेको छ ।’

यता फोहोर व्यवस्थापनमा नगरले देखाएको तदारुक्ता र मेहनतले इलामका सडक तथा चोकहरु सफा हुँदै गएको नगरबासीको भनाई छ ।

तस्बिरमा :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार