पूर्वी नाका काँकडभिट्टाबाट ‘न्याय मार्च’ सुरु

  नयाँ बुलन्द
28 Shares

पूर्वी नाकाबाट सुरु भयो मिटरब्याजविरुद्धको न्याय मार्च

काँकडभिट्टा :  ‘मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति’ ले मंगलबार पूर्वी नाका काँकडभिट्टाबाट ‘न्याय मार्च’ सुरु गरेको छ । महाकालीको गड्डाचौकी र काँकडभिट्टाबाट एकैपटक मसाल बालेर न्याय मार्च सुरु गरिएको हो ।

पूर्वी नाकाबाट सुरु भयो मिटरब्याजविरुद्धको न्याय मार्च

न्याय मार्चमा झापासहित सुनसरी, मोरङ, धनुषा, रौटहटलगायत जिल्लाका मिटरब्याजी पीडितहरू सोमबारै पूर्वी नाकामा जम्मा भएका थिए । मिटरब्याजसम्बन्धी कानुन संशोधन र आर्थिक तथा सामाजिक अपराधका रूपमा स्थापित मिटरब्याज छानबिनका लागि शक्तिशाली उच्च आयोग गठनको प्रमुख मुख्य मागसहित आन्दोलन सुरु गरिएको अध्यक्ष कुशवाहाले जनाए ।

पूर्वी नाकाबाट सुरु भयो मिटरब्याजविरुद्धको न्याय मार्च

पूर्वको र पश्चिमवाट पैदल यात्रासहित आउने पीडितहरू चितवनमा भेला भइ पुनः पैदलमार्फत काठमाडौं पुग्ने र त्यहाँ बृहत् सभा आयोजना गरिने जनाइएको छ । देशभर ५ लाखभन्दा बढी मिटरब्याज पीडितहरू रहेको र सवै आन्दोलनमा सहभागी भएको जनाइएको छ ।ekantipur

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार