स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याईने : प्रधानमन्त्री पुष्पकमल दाहाल

  नयाँ बुलन्द
14 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताउनु भएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२औं सभामा प्रधानमन्त्री एवं कुलपति दाहालले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्‍याउनु पर्नेमा जोड दिनुभएको छ ।

स्वास्थ्य बीमा कार्यक्रमलाई सफल तुल्याउन स्थानीय तहहरूबाट सकारात्मक प्रयास भइरहेको बताउँदै प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउन ललितपुर महानगरपालिकासँग विशेषज्ञसहितको स्वास्थ्य सेवाप्रवाह गर्न भएको सम्झौता देशकै लागि नमुना कार्यक्रम बन्ने विश्वास लिएको उल्लेख गर्नुभयो ।

प्रतिष्ठानले आम जनतालाई पुर्‍याउँदै आएको स्वास्थ्य सेवालाई आगामी दिनमा थप स्तरीय र चुस्त बनाइ अस्पतालको सेवामा बढीभन्दा बढी जनताको पहुँच विस्तार गर्दै लैजाने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभयो ।

अस्पतालले समयानुकूल सेवा तथा प्रविधिहरू बिस्तार गरि आमनागरिकको आवश्यकताअनुसार सेवाहरु विस्तार गर्दै लगेको बताउँदै प्रधानमन्त्रीले विश्वव्यापी महामारी कोभिड–१९ बाट संक्रमितहरूको परीक्षण र उपचारमा उल्लेख्य योगदान पुर्‍याएको स्मरण पनि गर्नुभयो ।

प्रधानमन्त्री दाहालले स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अध्ययन, अनुसन्धानलाई प्रवर्धन गर्दै मुलुकका लागि आवश्यक दक्ष र गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन आवश्यकता रहेको जिकिर गर्दै त्यसतर्फ लाग्न प्रतिष्ठानलाई सुझाव दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार