हालसालै आएको समाचार अनुसार अमेरिकाको न्यु योर्कबाट प्रकाशित हुने ‘द न्यु योर्क टाईम्स’ नामक पत्रिकाले सन् २०२४ मा विश्वका घुम्नैपर्ने देशमा नेपाललाई पनि राखेको छ । अझ प्रस्टसँग भन्नु पर्दा नपालको पनि माथिल्लो मुस्ताङ क्षेत्रलाई त्यसरी सन् २०२४ (हालको चालू वर्ष) मा विश्वको घुम्नैपर्ने सूचीमा राखेको हो । हुन पनि आर्थिक वर्ष २०७९/०८० मा ७१ हजार ७०७ विदेशी पर्यटकले मुस्ताङ जिल्ला विभिन्न क्षेत्रको भ्रमण गरेका छन् । स्मरण रहोस्, आर्थिक २०७८/०७९ मा चाहिँ ३८ हजार ८९६ विदेशी पर्यटकले मात्रै मुस्ताङ जिल्लाको विभिन्न क्षेत्रको भ्रमण गरेको तथ्यांक रहेको छ । समाचारअनुसार जनाईएअनुसार आर्थिक वर्ष आर्थिक २०७८/०७९ मा समग्र मुस्ताङ जिल्लामा भ्रमण गर्न आएका विदेशी पर्यटकहरुको तुलनामा आर्थिक वर्ष २०७९/०८० मा ४५ दशमलब ७५ प्रतिशतले तथ्यांकगत रुपमा बढी रहेको देखिन्छ ।
त्यस्तै गरेर सन् २०२३ मा पनि अमेरिकाबाट प्रशारण हुने टेलीभिजन संस्था सिएनएनले विश्वभरिका विभिन्न स्थनमा घुम्नैपर्ने भनी सूचीकृत गरेको विश्वका उत्कृष्ट २३ स्थानहरुमा हाम्रो देश नेपालको माथिल्लो मुस्ताङ क्षेत्र परेको थियो । यसरी हेर्दा विश्वकै प्रसिद्घ र विश्वासिलो समाचार संस्था-प्रकाशन गृहहरुले लगातार रुपमा विश्वका घुम्नैपर्ने ठाऊँ-देशका रुपमा हाम्रो देश नेपालको माथिल्लो मुस्ताङ क्षेत्रलाई पाुर्न-सुूचीकृचत गर्नु भनेको हाम्रा लागि गौरवको कुरो हो ।
जे होस्, अब लागौं सन् २०२३ मा विश्वका कुनकुन ठाऊँहरु विश्वको घुम्नैपर्ने सूचीमा परेका थिए ? भन्ने त्यसम्बन्धमा जानकारी लिनेतर्पm । विश्वको पहिलो गन्तव्यस्थलमा परेको स्थान चाहिँ अष्ट्रेलियाको पश्चिमी क्षेत्रमा पर्ने ‘निगालु पेनिन्सुला’ रहेको थियो । त्यस्तै सन् २०२३ मा विश्वमा घुम्नैपर्ने दोस्रो गन्तव्यस्थलमा पूर्वी युरोपमा पर्ने पोल्यान्डको राजधानी वार्सामा रहेको ‘बुटिक होटेल’ रहेको थियो । जुन होटलको नाम “होटल भर्टे” रहेको छ । स्मरणीय छ, पोल्यान्डको सो होटलको ढोका ‘गिल्डेड’ अर्थात् सुनको रहेको छ भने सो होटल गत अगस्ट (सन् २०२२) मा खोलिएको नयाँ भएको जनाईएको छ । जुन होटल ‘अटोग्राफ प्रपर्टी’को रुपमा पनि रहेको छ । त्यस्तै सन् २०२३ मा घुम्नैपर्ने तेस्रो गन्तव्यस्थलमा इङल्यान्डको लिभरपुल रहेको थियो । त्यस्तै गरेर चौथो गन्तव्यस्थलमा अमेरिकाको साउथ क्यारोलिना राज्यको सार्लेटान-चार्लेटोन सहर परेको थियो भने सन् २०२३ मा घुम्नैपर्ने पाँचौं गन्तव्यस्थलमा चाहिँ लिथुआनियको राजधानी भिलनिअस-बिनियुस परेको थियो । उता सन् २०२३ मा घुम्नैपर्ने छैठौं गन्तव्यस्थलमा सयौं साना ठूला समुन्द्री टापु रहेको सानो देश फिजी परेको थियो भने सन् २०२३ मा घुम्नैपर्ने सातौं गन्तव्यस्थलमा ब्राजिलको अमेजन क्षेत्रमा पर्ने मानाउस परेको थियो । त्यस्तै गरेर सन् २०२३ मा घुम्नैपर्ने आठौं गन्तव्यस्थलमा ग्रिसको दोस्रो ठूलो सहर थेसालोनिकी-देसालोनिकी परेको थियो । उता सन् २०२३ मा विश्वमा घुम्नैपर्ने नवौं गन्तव्यस्थल चाहिँ अफ्रिका महादेशको रुवान्डाको एक होटल ‘सेक्सानसियो रुवान्डा’ परेको थियो । जुन होटल अफ्रिका महादेशकै ठूलो ताल ‘किभ-ुकिवु’ मा अवस्थित रहेको छ भने सन् २०२३ मा घुम्नैपर्ने १० औं गन्तव्यस्थलमा स्वीडेनको दोस्रो ठूलो सहर ‘गोथेन बर्ग’ परेको थियो । त्यस्तै गरेर सन् २०२३ मा घुम्नैपर्ने ११ औं गन्तव्यस्थलमा युनाईटेड अरब इमिरेट्स (युएई) को ‘रस अल-कैमाह’ परेको थियो ।
सिएनएनको सन् २०२३ मा घुम्नैपर्ने सूचीको १२ औं गन्तव्यस्थलमा एसिया महादेशको लाओस परेको थियो । त्यस्तै गरेर सन् २०२३ मा घुम्नैपर्ने १३ औं गन्तव्यस्थलमा स्वीटजरल्यान्डको ‘ग्रुयेँरेस-गु्रईएरेस’ परेको थियो । जुन ठाउँ विश्वको उत्कृष्ट चिज उत्पादन हुने क्षेत्र पनि हो भने सन् २०२३ मा घुम्नैपर्ने १४ औं गन्तव्यस्थमा अमेरिकाकै मिनोसेटा राज्यको मिनिअपोलिसमा रहेको एक ‘आदिवासी रेस्टुरेन्ट’ परेको थिया । स्मरणीय के छ भने सो रेस्टुरेन्टमा आदिवासीका खाना (परिकार) हरु मात्रै उपलब्ध गराईन्छ । उता सन् २०२३ मा घुम्नैपर्ने १५ औं गन्तव्यस्थल चाहिँ दक्षिण अमेरिकी देश कोलम्बियाको राजधानी बोगोटा परेको थियो । त्यस्तै सन् २०२३ मा घुम्नैपर्ने १६ औं गन्तव्यस्थल चाहिँ हाम्रै देश नेपालको ‘मुस्ताङ’ परेको थियो, जुन कुरो माथि नै पनि उल्लेख भएको छ । सन् २०२३ मा घुम्नैपर्ने १७ औं गन्तव्यस्थमा चाहिँ अफ्रिका महादेशमा रहेको तान्जानिया परेको थियो । त्यस्तै गरेर सन् २०२३ विश्वमा घुम्र्नैपर्ने १८ औं गन्तव्यस्थल इजिप्टको राजधानी कायरो परेको थियो । उता विश्वमा घुम्नैपर्ने १९ औं गन्तव्यस्थलमा जापानको ‘नओसिमा सहर’ परेको थियो भनेदेखि सन् २०२३ मा विश्वको घुम्नैपर्ने २० औं गन्तव्यस्थलमा बेलिज परेको थियो । त्यस्तै गरेर सन् २०२३ मा घुम्नैपर्ने २१ औं गन्तव्यस्थलमा उत्तर अमेरिकी महादेशको मेक्सिोको ‘ओक्साका सहर’ परेको थियो भने सन् २०२३ मा विश्वमा घुम्नैपर्ने २२ औं गन्तव्यस्लमा चाहिँ क्यानाडाको ओटावा सहर परेको थियो । त्यसतै गरेर सन् २०२३ मा घुम्नैपर्ने गन्तव्यस्थलको २३ औं स्थानमा अफ्रिका महादेशको युगान्डा परेको थियो ।
यसरी सन् २०२३ र सन् २०२४ मा लगातार रुपमा विश्वको घुम्नैपर्ने गन्तव्यस्थलमा परेको नेपालको मुस्ताङ पर्नुमा चाहिँ कागबेनी, मुक्तिनाथ चराङ, समर, घमी, छुसाङ, छोसेर आदि जस्ता प्राचीन वस्तीहरु रहनू पनि हो । त्यस्तै माथिल्लो मुस्ताङलाई ‘ल्हो मन्थाङ, लो मन्थाङ, फोरबिड्डन किङ्डोम, हिडेन किङ्डोम, मड सिटी, लस्ट किङ्डोम, अप्पर मुस्ताङ, प्याराडाईज मुस्ताङ’ आदि नामले पनि चिनिन्छ । नेपालका अन्य केही हिमाली क्षेत्रझैं निषेधित क्षेत्र घोषणा गरिएको माथिल्लो मुस्ताङ विदेशी पर्यटकका लागि खुल्ला भएपछि पहिलो वर्ष (सन् १९९२ मा) चारसय ८३ जनाले माथिल्लो मुस्ताङको भ्रमण गरेका थिए । त्यसपछि माथिल्लो मुस्ताङ जाने पर्यटकहरुको संख्या वर्षैपिच्छे बढ्दै गएर सन् १९९८ मा चार अंक पुग्यो । अर्थात् उक्त वर्ष १,०६६ जना विदेशी पर्यटकहरुले माथिल्लो मुस्ताङको भ्रमण गरे । तर दूर्भाग्य, यो क्रम लामो समयसम्म जारी रहन सकेन । सन् १९९९ मा १,०५७ जनाले भ्रमण गरे । त्यसपछि देशमा चलेको हिंसा प्रतिहिंसा (सरकार-तत्कालीन विद्रोही माओवादीबीच) सँगै मुस्ताङ भ्रमणमा जाने विदेशी पर्यटकहरुको संख्या पनि घट्न थाल्यो । यसरी सन् २००० देखि पुन माथिल्लो मुस्ताङ जाने पर्यटकहरुको संख्या तीन अंकमा झर्यो । यो क्रम सन् २००६ सम्म जारी रह्यो । २०६२/२०६३ मा आएको परिवर्तनपछि छाएको शान्तिसँगै माथिल्लो मुस्ताङमा जाने विदेशी पर्यटकको संख्या पनि बढेर सन् २००७ देखि पुनः चार अंकमा चढ्यो । अर्थात् सन् २००७ मा १,१५७ जना विदेशी पर्यटकहरुले माथिल्लो मुस्ताङको भ्रमण गरे । सन् २००८ मा त स्थानीयवासीहरु नै आश्चार्य चकित हुने गरी विदेशी पर्यटकहरु माथिल्लो मुस्ताङको भ्रमणमा आए । अर्थात् सन् २००८ मा त्यो बेलासम्मकै रेकर्ड तोड्दै २,१९४ जनाले माथिल्लो मुस्ताङको भ्रमण गरे ।