६१ किलो सुन प्रकरणका ६ आरोपीलाई धरौटीमा छाड्न आदेश

  नयाँ बुलन्द
161 Shares

काठमाडौं : उच्च अदालत पाटनले ६१ किलो सुन प्रकरणका ६ आरोपीलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायधीशद्वय धीरबहादुर चन्द र कृष्णराम कोइरालाको संयुक्त इजलासले कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, गणेशप्रसाद पौडेल, विरेन्द्र नेपाली, सुदर्शन गौतम र यादव पराजुलीलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतले श्रेष्ठ र भट्टबाट जनही एक÷एक लाख, पौडेल र नेपालीबाट पाँच÷पाँच लाख तथा सुदर्शन गौतम र यादव पराजुलीबाट दुई÷दुई लाख धरौटी लिएर छाड्न आदेश दिएको हो। अन्यको हकमा पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेश सदर भएको छ ।

उच्च अदालतले मुख्य आरोपी दावा छिरिङ, टाँसी भनिने थुप्तिन छिरिङ, शिव कुमार सर्राफ, हर्कराज राई, दिलिप भुजेल, रामकुमार भुजेल, राजेन्द्रकुमार राइ, सुमन खरेल, किशोर बस्नेत, सरोज श्रेष्ठ, कुमार ढकाल र सन्तोष चन्दलाई भने थुनामा राख्ने जिल्लाको आदेश सदर गरेको हो ।

गत साउनमा ’ब्रेक प्याड’मा राखेर अवैधरुपमा भित्र्याएको ६० किलो ७१६ ग्राम सुन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार