काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले बुधबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेको जानकारी दिए ।
यही माघ २२ गते सोमबार अपराह्न ४ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान भएको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।