भोजपुर : खोलाको ‘कालो सुन’ भनेर चिनिने अलैँचीले राम्रो मूल्य पाउन थालेपछि भोजपुरका किसानहरू अहिले अलैँची खेती तर्फ लागेका छन् । अरुण गाउँपालिका-२ चम्पेका गुणराज राईले यसबर्ष ७ मोन प्रतीमोन (४० केजी) ६० हजारका दरले कात्तिकमा बेचे तर मूल्य बढेर अहिले प्रति मोन ८५ हजारका दरले अलैँची बिक्री हुँदा पनि उनी सन्तुष्ट छन् ।
विगत वर्षमा प्रतिमन २० हजारका दरले अलैँची बिक्री हुन्थ्यो तर अहिले अलैँचीको मूल्य दिनानुदिन बढ्दै गएको छ । उनले भने, “गाउँको ३० रोपनी जग्गामा २० मन अलैँची उत्पादन हुन्छ, अलैँचीका बिरुवा बेच्दानै लगानी उक्सिन्छ बाकी आफूलाई नाफा हुन्छ ।”
स्थानीय अर्का कृषक लक्ष्मण राईले १५ रोपनीमा गतबर्ष ६ मन अलैँची उत्पादन गरेकोमा अहिले साढे ३ मन अलैँची उत्पादन गरे । “स्थानीय व्यापारीहरूले घरमै आएर राम्रो मूल्य दिनुहुन्छ, हामीले त धान फल्ने खेत मासेर पनि अलैँची लगाएका छौँ” उनले भने, “धान, मकै कोदो भन्दा अलैँचीबाट राम्रो आम्दानी हुन्छ । घर खर्च सँगै छोराछोरीको पढाई खर्च, लुगाफाटो किन्ने खर्च अलैँची बेचेरै आम्दानी हुन्छ ।”
उत्पादन भएको अलैँची प्रतिकेजी दुई हजार पाँच सय रुपियाँ सम्म बिक्री भएकाले आफू सँगै गाउँभरीनै व्यवसायी अलैँची खेती तर्फ स्थानीय लागी परेको उनी बताउँछन् । पुराना भट्टीमा समय, दाउरा धेरै लाग्ने, कामदारको स्वास्थ्यमा समस्या, लगानी धेरै लाग्ने लगायत थुपै समस्या थिए तर अहिले अलैँची जोनले नयाँ आधुनिक भट्टी दिएसँगै ती समस्या पनि छैन र सुकाउन चाँडो पनि हुन्छ । अलैँची खेतीलाई हिउँद समयमा आकाशको पानी चाहिन्छ भने सिचाइको पनि व्यवस्था गर्नुपछ, सिचाई अभावसँगै बेला-बेलामा लाग्ने छिर्के फुर्के, जरा तथा पाना कुहिने, ढुसी, डढुवा जस्ता रोग को प्रकोपले अलैँचीको उत्पादनमा ह्रास आउने गरेको छ ।
स्थानीय अलैँची व्यापारी शुक्रराज राईका अनुसार विगत २ बर्सदेखि अलैँचीको मूल्य दिनानुदिन बढ्दै गएको छ । अहिले डम्बर साई प्रजातिको अलैँचीको मूल्य प्रतिमान ८५ हजार कृषकको घरमै दिने गरेका छौँ । यसको मुख्य कारण अलैँची उत्पादन कम भएरै पनि हो त्यससँगै अलैँची कृषकहरूले अलैँची सुकाउन प्रयोग गर्ने आधुनिक पट्टिका कारण पनि हो । जसले अलैँचीको रङ्ग परिवर्तन नहुने, धुवा गन्ध कम हुने, तौल नघट्ने, गुणस्तर राम्रो हुने लगायत कारणले मूल्यमा गिरावट आएको छैन ।
पछिल्लो समय अलैँचीको मूल्य वृद्धि हुदा अलैँची किसानहरू उत्साहित छन् । यसको श्रेय अलैँची जोन कार्यालय भोजपुरलाई जान्छ । जसले अलैँची कृषकहरूलाई सिँचाई पूर्वाधार निमाणर्, अलैँची सुकाउने आधुनिक भटिट् निमाणर् मा सहयोग गरेको छ, अलैँची व्यवसायी महासङ्घ जिल्ला अध्यक्ष राजेश विष्टले भने, “आधुनिक भट्टीमा अलैँची सुकाउँदा अलैँचीको गुणस्तर वृद्धि, तौल, भण्डार गर्न सहज, काम गर्न चाडो हुने, सहज बिक्री वितरण भएको छ । अब हामिले अलैँची खेतीलाई थप व्यवसायीक गरी अलैँचीको लेबलीङ,प्याकेजिङ र ब्रान्डिङ का लागी स्थानीय, प्रदेश तथा संघ सरकारसँग आव्हान गर्छौँ ।”
भोजपुर जिल्लाका ९८ कृषक समूह तथा कृषि फर्म अलैँची जोन कार्यक्रममा आबद्ध भई अलैँची खेती गर्दै आएको अलैँची जोन कार्यालयले जनाएको छ । विगतमा अलैँची खेतीमा लागेका कृषक समूहलाई जोनमा आबद्ध गराएर कार्यक्रम सञ्चालन गर्दै आएको जोन कार्यालय भोजपुरले जनाएको छ ।
जस अनुसार जिल्ला भरी ७ सय २३ हेक्टरमा अलैँची खेती हुदै आएको छ भने मुख्य गरी ६ सय ६५ हेक्टर उत्पादन हुदै आएको छ । प्रतिहेक्टर ० दशमलव ४२ मेट्रिक टनका दरले यसबर्ष २ सय ७९ दशमलव ३ मेट्रिक उत्पादन अलैँची उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभा जोन प्राविधिक एकाइ भोजपुरकी प्रमुख कौशीला विष्टले जानकारी दिए ।
उनका अनुसार भोजपुरमा ६ वटा स्थानीय तहका ३० वटा वडाहरू भोजपुर नगरपालिकाको वडा नं १, २, ३, ४, ५, ८, ९, १०, ११ षडानन्द नगरपालिकाको ९, १०, १३, अरुण गाउँपालिकाको २, टेम्केमैयुंङ गाउँपालिकाको वडा नं १, २, ३, ४, ५, ७, ८, ९ रामप्रसादराई गाउँपालिकाको वडा नं १, २, ३, ६, ७ र आमचोकमा गाउँपालिकाको वडा नं १, २, ३, ४ मा अलैँची जोनको कार्यक्रम सञ्चालन रहेको छ ।
उक्त क्षेत्रका ५६ कृषकहरूलाई अहिलेसम्म अलैँची सुकाउने आधुनिक भट्टी प्रदान गरिएको छ साथै कृषकहरूलाई सिचाई पूर्वाधार निमाणर् कृषि यान्त्रीकरण, भकारो तथा गोठ सुधार कार्यक्रम, अलैँची सुन्तला क्षेत्र विस्तार, सुन्तलाको पुरानो बगैँचा प्रतिस्थापन कार्यक्रम,नर्सरी केन्द्र स्थापना, खाद्यान्न बालीको विजवृद्वि कार्यक्रम, चक्लाबन्दि कार्यक्रम प्रशोधन तथा बजारीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।