रक्सीले मातेका श्रीमानले गरे श्रीमतीको हत्या

  नयाँ बुलन्द
1.8k Shares

दाङ : दाङमा एक व्यक्तिले रड प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले गएराति रक्सीले मातेर श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरेका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलको नेतृत्वमा गएको २० जनाको प्रहरी टोलीले हत्या आरोपी पण्डुलेलाई राति नै नियन्त्रणमा लिएको छ ।

मदिराले मातेका पेण्डुले घरभित्रै श्रीमती लक्ष्मीलाई स्टिलको रडले टाउकोमा प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

पण्डुले श्रीमतीको हत्यापछि आफ्नी श्रीमती हराएको भन्दै खोजी गरिदिन छिमेकीलाई गुहारे । तर सहयोगका लागि पुगेका दुई छिमेकीमाथि पनि पण्डुले रड प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते छिमेकी एक युवा र एक महिला भने उपचारपछि राति नै घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार