इलाम गोल्डकप : आयोजक रेडहर्ष सेमीफाइनल

  राम योङहाङ
973 Shares

इलाममा शनिबार सुरु भएको ‘प्रथम इलाम गोल्डकप’ को पहिलो खेलमा बलका संघर्ष गर्दै आयोजक रेडहर्ष फुटबल क्लबका छिरिङ गुरुङ (रातो) र मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङका सागर पोवे (पहेँलो) । तस्बिर : नयाँ बुलन्द

इलाम : राष्ट्रिय टोलीका पूर्व कप्तान नवयुग श्रेष्ठको ह्याट्रिकमा आयोजक रेडहर्ष फुटबल क्लब इलाम सदरमुकममा शनिबार सुरु भएको इलाम गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ ।

इलामले भारतको दार्जिलिङस्थित मानेभञ्ज्याङ फुटबल क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको हो । आयोजक टोलीका लागि श्रेष्ठले ५५, ६५ र ८२ मिनेटमा गोल गरे । टिमका लागि १३ औं मिनेटमा उत्सव राईले पहिलो गोल गरेका थिए ।

उता पाहुना टोली मानेभञ्ज्याङले केही अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न नसक्दा पहिलो चरणबाटै बाहिन बाध्य बन्नुपर्‍यो ।

खेलको म्यान अफ द म्याच विजेता रेडहर्षका कप्तान नवयुग श्रेष्ठ घोषित हुँदै नगद रु पाँच हजार प्राप्त गरे।

भोलि (आइतबार) दोस्रो क्वाटरफाइनलमा राष्ट्रिय जागृति क्लब इटहरी र विर्तामोड युनाइटेड झापाबीच प्रतिष्पर्धा हुनेछ ।

माघ १३ गतेसम्म सञ्चालन हुने गोल्डकपको विजेताले नगद रु पाँच लाख र उपविजेताले नगद रु तीन लाखसहित पदक र प्रमाणपत्र पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिपेन्डर, उदयीमान खेलाडी र उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन नगद रु पाँच हजार प्रस्कार प्रदान गरिने आयोज रेडहर्षका अध्यक्ष साङ्गे योल्मूले बताए ।

इलामको गौरबको रुपमा जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको गोल्डकपमा भारतको एक टिमसहित ८ टिमले सहभागीता जनाएका छन् । पछिल्लो समय इलाममा नियमित गोल्डकप आयोजना हुन नसकिरहेको अवस्थामा रेडहर्षले पहिलो पटक गोल्डकप आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार